२०७२ सालको भूकम्पको सम्झना: सबै सम्पदा पुनर्निर्माण गर्न १२ अर्ब लाग्ने
काठमाडौं – भूकम्पले ध्वस्त देशभरका अधिकांश सम्पदाको पुनर्निर्माण कार्य भइरहेको छ । भूकम्पले क्षति बनाएका विश्वसम्पदा सूचीमा रहेका उपत्यकाका ७ क्षेत्रका १ सय ७३ मध्ये ८७ सम्पदा पुनर्निर्माण भइसकेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।
विश्वको ध्यान खिच्न सफल रानीपोखरी पुनर्निर्माणको क्रममा रहेको छ । हनुमानढोका दरबार क्षेत्रको काष्ठमण्डप र धरहरा पुनर्निर्माणको क्रममा रहेका छन् ।
चीन सरकारको सहयोगमा वसन्तपुरस्थित नौतले दरबार यो वर्षको अन्त्यसम्ममा र दरबार हाइस्कुल आगामी वर्ष सम्पन्न हुने गरी पुनर्निर्माण भइरहेका छन् । अमेरिकी सरकारको सहयोगमा गद्दी बैठक निर्माण सम्पन्न भइसकेको छ । भक्तपुर र पाटन दरबार क्षेत्रका अधिकांश सम्पदा पुनर्निर्माण भइरहेका छन् ।
विभागले देशैभरका ८ सय ९५ सानाठूला सम्पदा पुनर्निर्माणका लागि १२ अर्ब ६६ करोड रुपियाँ लाग्ने अनुमान गर्दै अर्थ मन्त्रालयमा बजेट माग गरेको छ । विभागमार्फत हालसम्म १ अर्ब ८५ करोड रुपियाँ बराबरको सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर