शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड’को उत्कृष्ट ५ सार्वजनिक

बिहीबार, १२ वैशाख २०७६, १३ : २६
बिहीबार, १२ वैशाख २०७६

काठमाडौ – योङ माइन्डस् इन्टरटेनमेन्टले दोस्रो ‘योङ माइन्डस् इन्टरटेनमेन्ट म्युजिक अवार्ड २०७६’को उत्कृष्ट पाँच मनोनय सूची सार्वजनिक भएको छ । 

नेपाली गीत, संगीत तथा त्यसका श्रष्ठाहरुलाई सम्मान गर्दै पुरस्कृत गरेर अझ नविनतम कामका लागि हौसला प्रधान गर्न आयोजित अवार्डमा निःशुल्क आवेदनको व्यवस्था गरिएको थियो । 

प्रोत्साहन र जुरी अवार्ड सहित कूल ५० विधा समेटिएको अवार्डमा २०७५ वैशाखदेखि फागुन मसान्तसम्म बजारमा आएका गीत संगीतको सहभागिता रहेको छ । 

अवार्ड वितरण मिति केही दिनमा एक कार्यक्रम सहित घोषणा गर्ने आयोजक योङ माइन्डस् इन्टरटेनमेन्टका मुनाल शिशिर कोइरालाले जानकारी दिए ।

अवार्डमा भोटिङको ब्यवस्था समेत गरिएको छ । जसका लागि ३५००५ भोटिङ कोड रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप