शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश संरचना विकेन्द्रीकरणको विरोधमा 'डोरी टाँगेर' विराटनगर बन्द !

सोमबार, २३ वैशाख २०७६, १० : ३१
सोमबार, २३ वैशाख २०७६

प्रदेश १ को संरचना विकेन्द्रीकरण गर्ने निर्णयको विरोधामा विराटनगरका राजनीतिक दल तथा पेशाकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।

नेकपा, काँग्रेस, संघीय समाजवादी फोरम र राजपालगायत विभिन्न संघसंस्थाले प्रदेश १ का संरचना विकेन्द्रीकरण गर्ने सत्तारुढ नेकापाको निर्णयको विरोध गर्दै बन्द आह्वान गरेका हुन् ।

बन्दका कारण विराटनगर महानगरभित्रको जनजीवन सामान्यमात्रामा प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले जानकारी दिए । उनका अनुसार बन्दकर्ताहरु विराटनगरको कञ्चनबारी र महावीरचोकमा लगायतका स्थानमा भेला भएर बन्द गर्न आहन गरिरहेका छन् ।

यसअघि टायर वालेर प्रदर्शन गरेपनि प्रहरीले हटाएपछि बन्दकर्ताले सडक तथा चोकमा डोरी टाँगेर बन्दमा सहभागी हुन आग्रह गरेको बताइएको छ ।

आइतबार नेकपाको प्रदेश १ संसदीय दलको बैठकले विराटनगरलाई प्रदेश राजधानी बनाउने निर्णय गर्दै संरचनाहरु वृहत विराट क्षेत्र विकासअन्तर्गतका इटहरी र सुन्दरहरैचामा राख्ने निर्णय गरेको थियो ।

बन्दकर्ताले प्रदेशका संरचनाहरु विराटनगरमै राख्नुपर्ने माग गरेका छन् । प्रदेश १ राजधानी सार्ने षड्यन्त्र अनुसार संरचना विकेन्द्रकरण गर्न लागेको भन्दै उनीहरुले विराटनगरलाई नै राजधानी बनाउने सुनिश्चितता गर्न माग समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप