शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

बिहीबार, २६ वैशाख २०७६, १२ : ५९
बिहीबार, २६ वैशाख २०७६

रामेछाप– रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । आज बिहान खिम्तीबाट मन्थली आउँदै गरेको बा४८प ३०१८ नंको मोटरसाइकलको ठक्करबाट लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ निवासी ६५ वर्षीया वृद्धा केशरी तामाङको ज्यान गएको हो ।

घाइते भएकी तामाङको उपचारका क्रममा तामाकोशी सहकारी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवं प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए ।  रामेछापको मन्थली नगरपालिका–१ निवासी २० वर्षीय मोटरसाइकल चालक रामकुमार श्रेष्ठ र मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप