शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गर्दा जे देखियो (फोटोफिचर)

सोमबार, ३० वैशाख २०७६, १८ : २५
सोमबार, ३० वैशाख २०७६

ललितपुर– शताब्दी पुरुष सत्यमोहन जोशीलाई ललितपुरमा नगर परिक्रमासहित सम्मान गरिएको छ ।  सोमबार सय वर्षमा प्रवेश गरेका शताब्दी पुरुष जोशीलाई ललितपुर महानगरपालिकाको आह्वानमा बग्गीमा राखेर नगरपरिक्रमासहित सम्मान गरिएको हो । नगरपरिक्रमापछि आयोजित समारोहमा सरकारको तर्फबाट कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले उनलाई सम्मानपत्र प्रदान गरेका थिए ।

नेपालको कला, भाषा, इतिहास, संस्कृति र साहित्यको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै सरकारले उनलाई सम्मानपत्र हस्तारण गरेको हो । कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री पोखरेलले शताब्दी पुरुष जोशीलाई दोसल्ला समेत ओडाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवहाक प्रधानमन्त्री पोखरेलले उनलाई नेपालको जीवन्त सम्पदाको संज्ञा दिए ।  उनले त्यसअवसरमा जोशीको दीर्घायू र चिरायूको कामना पनि गरे ।

त्यसअवसरमा जोशीद्धारा लिखित ६ वटा पुस्तकको पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा बोल्दै शताब्दी पुरुष जोशीले आफूलाई दया, माया गरेर सबैले सम्मान गरेकोमा आभार व्यक्त गरे । उनले मुलुकलाई समृद्ध बनाउने अभियानलाई साकार बनाउन संस्कृतिको विकासमा जोड दिन पनि सबैलाई आह्वान गरे ।

नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका  जोशीको सय दिन प्रवेशको अवसर पारेर ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक विदा समेत दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप