शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बाँकी जीवन केही नयाँ गरेर मर्ने चाहना छ : अध्यक्ष प्रचण्ड

बुधबार, ०१ जेठ २०७६, १६ : ३४
बुधबार, ०१ जेठ २०७६

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले बाँकी जीवन केही नयाँ गरेर मर्ने चाहना भएको बताएका छन् ।

युवा संघ नेपालको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

आफ्नो निवासमा चिनियाँ राजदूतलाई पर्खाएको भन्दै कार्यक्रममा निकै हतारमा रहेका प्रचण्डले आफू टेन्सनमा रहेको पनि बताए ।

प्रचण्डले भने, ‘मैले ४ बजे राजदूतसँग भेटघाटका लागि समय तय भएको थियो तर म त्यहाँ त्यो समयमा जान सकिनँ त्यही भएर म अलि टेन्सनमा छु,’ प्रचण्डले बताए । 

नेकपाका धेरे नेताहरु बोलेपछि अन्तिममा बोलेका अध्यक्ष प्रचण्डले यसअघि आफ्नै नेताहरुले एकता प्रकृया, सरकारका कामकारवाही र कम्युनिष्ट नेताहरुको आचरणबारे उठाइएका प्रश्नहरुप्रति सहमत रहेको बताए । 

उनले पार्टी एकता नेतृत्वको ठोस पहलकै कारण सम्भव भएको भन्दै नेतृत्वले हिम्मत नगरेको भए अहिले कम्युनिष्ट नेतृत्वको सरकार नबन्ने बताए । 

उनले तथाकथित राजनीतिका नाममा दम्भ गर्ने धार रहेको भन्ने भन्दै दक्षिणपन्थी जडता र बामपन्थी जडताले कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउने गरेकाले यी दुवै प्रवृति घातक हुने बताए । 

‘हामीले पार्टी एकता गर्यौँ । एकता ऐतिहासिक पहल थियो । राजनीतिक संगठन र आन्दोलनको पृष्ठभूमिसहित एकता भएको हो । हामीले राष्ट्रको आवाश्यक्ता, कम्युनिष्ट आन्दोलन र जनताको भावनालाई सम्मान गर्यौ । एकताका लागि कसै न कसैले पहल गर्नेपर्छ इतिहासमा । नेतृत्वको ठोस पहल कदमीबाटै ठूल्ठूला परिवर्तन भएका छन्’ प्रचण्डले एकताप्रति असन्तुष्टि जनाएका नेताहरुप्रति लक्षित गर्दै भने, ‘पार्टी एकता निरन्तरताको क्रमभङ्गता हो ।’ 

उनले  कम्युनिष्ट आन्दोलन र युवाबीचमा विशिष्ट सम्बन्ध रहेको भन्दै कम्युनिष्ट संगठन भनेको भविष्यको संगठन, समाजवाद र साम्यवाद भविष्यको संगठन भएको बताए । 

उनले माओत्सेतुङले भन्ने गरेको ‘संसार हाम्रो हो तपाईंहरुको पनि हो । तर, अन्तिममा तपाइहरुकै हो’ स्मरण गर्दै त्यही सोचअनुसार अघि बढ्नुपर्ने बताए । उनले काम गर्दै जाँदा केही गल्ती भएपनि त्यसलाई सच्चाउन सक्नुपर्ने बताए । 

यो पनि....

ईश्वर पोखरेलको चेतावनी: विचारमा स्पष्टता नभए एकता टिक्दैन 

सम्वोधनका क्रममा अध्यक्ष प्रचण्डले पटक–पटक माधव नेपालको नाम उच्चारण गर्दै नेपालको भनाईप्रति आफ्नो सहमति रहेको बताए । उनले आफूहरुभित्र जडता नरहेको भन्दै जडता रहेको भए अहिले यस्तो अवस्थामा आइनपुग्ने बताए । 

लेलिनले भनेजस्तै गल्ती नगर्ने मान्छे कहीँ नभेटिने भन्दै उनले गल्तीबाट सिकेर नै मान्छे महान हुने बताए । ‘गल्ती हुन्छ, गल्तीबाट सिक्ने हो ।’

‘म माधव नेपालाई विश्वास गर्छु । झलनाथ खनाल अर्को पार्टीको अध्यक्ष हुनुहुन्थ्यो तर खनाललाई प्रधानमन्त्री बनाउँदा राष्ट्रको हितमा हुन्छ भनेर मैले छापामार शैलीमा प्रधानमन्त्री बनाएको हुँ,’  सम्वोधनका क्रममा निकै भावुक देखिएका प्रचण्डले सहि र गलत छुट्याउन युवा नेताहरुलाई आग्रह गरे । उनले युवाहरुमा ‘अध्ययनको अरुची हो कि ?’ भन्ने चिन्ता लागेको भन्दै बाँकी जीवन केही नयाँ गरेर मर्ने चाहाना भएको बताए ।

‘पार्टी एकता टुङ्गिन्छ । टुङ्गिसकेको छ भनेपनि हुन्छ,’ प्रचण्डले पार्टी एकताबारे भने, ‘सकभर तीन गते एकता हुन्छ नभएर ३ वा ४ मा पनि हुन्छ ।’ प्रधानमन्त्री आजै आउने र प्रधानमनत्रीसँग छलफल गरेर जनसंगठनको मात्रै भएपनि ३ गते एकता टुङ्ग्याउने प्रचण्डले घोषणा गरे ।   

यो पनि...

झलनाथको प्रश्न : हाम्रो लोकतन्त्रको चरित्र के हो ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप