स्कूट एयरवेजको विमान चेन्नाईमा आकस्मिक अवतरण
सोमबार, ०६ जेठ २०७६, १३ : १०
चेन्नाई– सिंगापुरतर्फ उडिरहेको स्कूट एयरवेजको विमानमा खराबी देखिएपछि सोमबार बिहान चेन्नाई विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । विमानस्थल अधिकारीहरुले बिमानका पाइलटले विमानभित्रको कार्गोमा धुँवा देखिएपछि आकस्मिक अवतरण गर्न अनुरोध गरेको बताएका छन् ।
उक्त विमान तमिलनाडुको ट्रिचीबाट सिंगापुरतर्फ उडेको थियो । बिमानमा १६१ जना यात्रु र चालक दलका सदस्यहरु सवार थिए । विमानका सबै यात्रु सकुशल रहेको पनि विमानस्थलले जनाएको छ ।
विमानमा देखिएको समस्याका बारेमा अनुसन्धान शुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा