जैविक विविधता दिवसमा वृक्षरोपण
काठमाडौं– अन्तर्राष्ट्रिय जैविक विविधता दिवस आज (बुधबार) नेपालमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।
दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले काठमाडौंको पेप्सीकोलास्थित मनोहरा खोला किनारमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चाँपको बिरुवा रोपेर कार्यक्रम शुभारम्भ गरे । त्यस क्रममा मन्त्रालयका सचिव विश्वनाथ ओली, विभिन्न महाशाखाका प्रमुख, संरक्षणविद तथा स्थानीयले पनि वृक्षरोपण गरे ।
कार्यक्रममा मन्त्री बस्नेतले मानव जीवनको अस्तित्वका लागि जैविक विविधताको उच्च महत्व रहेको चर्चा गर्दै सरकार, सरोकारवाला र आमनागरिकको सहभागितामा त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
सरकारले जैविक विविधता संरक्षणलाई आफ्नो प्राथमिक कार्यसूचीमा राखेको भन्दै मन्त्री बस्नेतले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा पर्याप्त ध्यान दिइएको जानकारी दिए । दिवसको यो वर्षको नारा ‘खाद्यान्न र स्वस्थ जीवनका लागि जैविक विविधता’ भन्ने रहेको छ ।
सन् १९९२ मे २२ का दिन ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने प्रस्ताव गरेको दिनको सम्झनामा सन् १९९४ देखि मे २२ लाई जैविक विविधता दिवसका रुपमा संसारभर मनाइँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं