धुर्कोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन, १ सय ५० जनाले पाए काम
गुल्मी–गुल्मीको धुर्कोट गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । उसले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत सञ्चालन गरिएको कार्यक्रमको पहिलो चरणमा १ सय ५० जनालाई रोजगारी दिएको छ ।
वडा नम्वर ३ हाडहाडे र वडा नम्वर ७ वाग्लामा २५ जनाका दरले र अन्य ५ वटा वडामा २० जनाका दरले रोजगारी दिइएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।
जसमध्ये सडक कामदार ( लेन्थ वर्कर ) ८८ जना, खानेपानी ममर्तका लागि १५ जना , सिंचाई मर्मत सम्भारमा १५ जना र विद्युत मर्मत सम्भारमा ७ जना नियुक्ती पाएको उपाध्यक्ष शिवबहादुर केसी ( खत्री ) ले बताए ।
३० दिन अर्थात प्रति ब्यक्ति एक महिनाका लागि दिइने उक्त रोजगारको तलव प्रति दिन ५ सय १७ रुपैयाँ प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थीले बताए । कामदार सुरक्षा सामाग्री सहित काम कर्तब्यबारे अवगत गराउँदै गाउँपालिका प्रमुख पोखरेलले उनीहरुलाई नियुक्ति दिएको सुचना अधिककारी ईश्वरी भण्डारीले जानकारी दिए ।
करिव १ महिनाअघि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले गृह जिल्ला गुल्मीको मुसिकोटबाट ९० जना सडक मर्मत कामदार आफैले नियुक्ति पत्र हस्तान्तरण गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभरम्भ गरेका थिए । गुल्मीमा हाल सम्म १५ हजार भन्दा बढिले रोजगारीकालागि आवेदन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं