सुदूरपश्चिममा हावाहुरी : एकको मृत्यु, ५३ जना घाइते
कैलालीमा बिहीबार साँझ आएको हावाहुरीमा परी एक जनाको मृत्यु भएको छ । हावाहुरीमा परी घाइते भएका गोदावरी नगरपालिका माझगाउँका वीरबहादुर चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।
हावाहुरीमा सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा गरी ५३ जना घाइते भएका प्रहरीले जनाएको छ ।
बिहीबार साँझ ८ बजेतिर आएकाृ हावाहुरीमा परि कञ्चनपुरमा पुरुष ३, महिला ८, बालक ५ र बालिका ५ जना गरि जम्मा २१ घाइते भएको जिल्ला प्रहरी कार्यालय भामदत्तनगरका डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए ।
यस्तै कैलाली आसपासमा जम्मा ३२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदिप गिरीले जानकारी दिए ।
एसपी गिरीका अनुसार रातको समय भएकाले अन्य क्षतिको विवरण भने आउन सकेको छैन । तर रुखहरु ढलेका छन् भने सयौं घरका छानाहरु उडाएको छ ।
घाइतेहरुको अहिले स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा