नेइमारविनै ब्राजीलको गोल बर्षा
कोपा अमेरिका कपको तयारीका लागि खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजीलले होन्डुरसमाथि गोलबर्षा गरेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा ब्राजीलले होन्डुरसलाई ७–० गोलले हरायो । घुँडाको चोटका कारण आराममा रहेका नेइमारविनै ब्राजीलले शसक्त प्रदर्शन गरेको थियो ।
ब्राजीलको शानदार र फराकिलो जितमा गाब्रियल जेससले छैटौं र ४७औं मिनेटमा दुई गोल गरे । थिएगो सिल्भाले १३औं, पेनाल्टी मार्फत फिलिप कोउटन्होले ३७औं, डेभिड नेरेसल ५६औं, रोबर्टाे फिर्मिनोले ६५औं र रिचालीसनले ७०औं मिनेटमा गोल गरेका थिए ।
२९औं मिनेटमा होन्डुरस १० खेलाडीमा समेटिएको थिया । रोमेल कुइएटो रातो कार्ड पाउँदै बाहिरिएपछि होन्डुरस खेलभर दबाबमा रह्यो । कोपा तयारीका लागि एक सातअघि खेलिएको खेलमा ब्राजीलले कतारलाई २–० गोलले हराएको थियो । सोही खेलमा नेइमारको घुँडाको चोट बल्झिएको थियो । नेइमार अझै चार साता खेल्न नसक्ने बताईएको छ ।
घरेलु मैदानमा आयोजना हुने कोपा अमेरिका कपमा ब्राजीलले समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्दैछ । यस समूहमा बोलिभिया, भेनेजुएला र पेरु रहेका छन् । ब्राजीलले १५ जुनमा बोलिभियासँग पहिलो खेल खेल्नेछ । कोपा अमेरिका कपकै तयारीका लागि आइतबार राति खेलिएको अन्य मैत्रीपूर्ण खेलमा कोलम्बियाले पेरुलाई ३–०, मेक्सिकोले इक्वेडरलाई ३–२, पाराग्वेले ग्वाटेमालालाई २–० र भेनेजुएलाले अमेरिकालाई ३–० गोलले हराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ