लोकसेवा आयोगलाई राजपा नेपालले दियो दवाव
काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि खुलाइएको विज्ञापन तत्काल खारेज गर्न लोकसेवा आयोगलाई पनि दवाव दिएको छ । राष्ट्रिय जनता पार्टी, नेपालका नेता अनिलकुमार झाले सो विज्ञापन तत्काल खारेज गर्न लोकसेवा आयोगसँग पनि आग्रह गरेका हुन् । सो विज्ञापन खारेज नगरे त्यसले सरकार, देश, व्यवस्था र मुलुकको अवस्था कसैलाई पनि फाईदा नगर्ने उनको भनाई छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले समावेशी सिद्धान्तमा आधारित रहेर सो विज्ञापन पुनः खुलाउने आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । नेता झाले संविधानले जनजाति, दलित, मधेशी, महिला, पिछडिएका क्षेत्रलाई आरक्षणको व्यवस्था गरेपनि त्यसअनुसार सो विज्ञापन नखुलाइएकाले आफ्नो पार्टीले विरोध गर्नुपरेको पनि स्पष्ट पारे ।
नेता झाले सरकारले राज्य व्यवस्था तथा सुशासन समिलिते दिएको अनुसार सो विज्ञापन खारेज गर्न पहल नगरेर बालहठ देखाएको आरोप पनि लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँ आए
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
-
हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान
-
उपेन्द्र यादवका लागि गलपासो बन्दै गौर घटना
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत