शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदी बिस्केकमा

बिहीबार, ३० जेठ २०७६, १३ : १७
बिहीबार, ३० जेठ २०७६

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कजाकिस्तानको राजधानी बिस्केक गएका छन् । उनी साङ्घाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा भाग लिन त्यहाँ जानुभएको भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ । 

भारतीय प्रधानमन्त्री मोदी गत महिना मात्र दोस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।  उनी एससिओ सम्मेलनमा पनि दोस्रो पटक भाग लिन लागेका थिए। गत वर्ष चीनमा सम्पन्न यस सम्मेलनमा मोदी गएका थिए । 

भारतीय जनता पार्टीको नेतृत्व गर्दै गत आमनिर्वाचनमा पुनः सफल भएका प्रधानमन्त्री मोदीका कारण विश्वव्यापी रुपमा भारतको उपस्थिति बलियो देखाउने अवसर प्राप्त हुने विदेश मन्त्रालयले जनाएको छ ।  एससिओको शिखर सम्मेलनका अतिरिक्त प्रधानमन्त्री मोदीले केही देशका राष्ट्र प्रमुखहरुसँग द्विपक्षीय हितका विषयमा छलफल गरेका छन् । –सिन्हवा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप