शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेइजिङ सपिङ मलमा आक्रमण गर्नेलाई मृत्युदण्ड

बिहीबार, ३० जेठ २०७६, १५ : ००
बिहीबार, ३० जेठ २०७६

बेइजिङ– मध्य बेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।  सो आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य १४ व्यक्ति घाइते भएका थिए । बेइजिङको जनअदालतले झु जिया नामक ती व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको हो । 

गत वर्षको फेब्रुअरी ११ मा सिचुङ जिल्लामा रहेको जोए सिटी मलमा झु त्यहाँ रहेका व्यक्तिलाई माथि आक्रमण गरेका थिए ।   निर्दोष व्यक्तिमाथि गरेको यस आक्रमणको कारबाही स्वरुपमा अदालत झुलाई मृत्यु दण्डको सजाय दिइएको समाचारमा जनाइएको छ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप