सुमन मिस इन्डिया घोषित
मुम्बई– राजस्थान निवासी सुमन राव ‘फेमिना मिस इन्डिया २०१९’ घोषित भएकी छन् । शनिबार राती मुम्बईको सरदार वल्लभभाई पटेल इन्डोर स्टेडियममा आयोजित प्रतियोगितामा उनले अन्य प्रतियोगिलाई पछि पर्दै उपाधि हात पारेकी हुन् ।
भारतका हरेक साना तथा ठुला शहरका सुन्दरीहरुको स्पर्धा रहेको प्रतियोगितामा छतिसगढकी शिवानी जाधवले ‘मिस ग्रयाण्ड इन्डिया’ र बिहारकी श्रेया शंकरले ‘मिस इडिन्या युनाइटेड कन्टिनेट्स’ उपाधि हात पारे ।
कलेज अध्यायरत २० बर्षीया सुमनले थाइल्याण्डमा आयोजना हुने ‘मिस वल्र्ड २०१९’मा भारतको प्रतिनिधित्व गर्नेछिन् । ‘जव म कुनै बिषेश लक्ष्यका लागि सर्मपित हुन्छु । तव मेरो शरीरको नशा नशा आफ्नो जितका लागि सक्रिय रहन्छन्’ विजेता घोषित भएपछि सुमनले भनिन् ।
बलिउड कोरियोग्राफर रेमो डिसुजा, अभिनेत्री हुमा कुरैशी, चित्राङ्गदा सिंह, फेसन डिजाइनर फाल्गुनी शेन पीकाक र भारतीय फुटबलर सुनील क्षेत्रीको प्रतियोगितामा सहभागतिा थियो ।
प्रतियोगितामा अभिनेत्री कट्रिना कैफ, विक्की कौशल, नौनी राय लगायतका बलिउड हस्तीका नृत्य प्रस्तुति पनि रेहको थियो । फिल्म निर्माता करण जौहर र अभिनेता मनिष पोलले कार्यक्रमको होष्टमा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने