आदित्य पंचोलीको पत्नी भन्छिन्, मेरो पतिसँग ‘डेट’ जाने कंगनालाई छोरी कसरी मानूँ ?’
बलिउड अभिनेत्री कंगना रनौत र अभिनेता आदित्य पंचोलीबीचको विवाद लामो समयदेखि चर्चामा आइरहेको छ । कुनै समय प्रेमसम्बन्धमा रहेका आदित्य र कंगनाको ब्रेकअपपछि एक अर्कालाई आरोप र प्रत्यारोप गर्न समेत पछि परेनन् । कंगनाले आदित्यमाथि बलात्कारको आरोप समेत लगाएकी थिइन् ।
उनीहरुको विवाद चलिरहँदा आदित्यकी पत्नी भने सधैँ आदित्यको साथमा उनको वकालत गरिरहेकी छिन् । उनले भर्खरै कंगनाले आदित्यमाथि लगाएको आरोपमा कुनै सत्यता नरहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म उनलाई राम्रोसँग बुझ्छु । उनले कहिल्यै पनि मसँग केहि कुरा लुकाएका छैनन् ।
उनले लामो समयसम्म आदित्यसँग सम्बन्धमा रहेकी कंगनाले बलात्कारको आरोप लगाउनुमा कुनै अर्थ नभएको समेत जिकिर गरिन् ।
उनले एक अन्तरवार्तामा भनिन्,‘ कंगना र आदित्य साढे चार वर्ष डेट गरेका थिए । त्यसैले कंगनलाई म कसरी छोरी जस्तो मानाँै ? ’
कंगनाले २०१७ सालमा फिल्म ‘सिमरन’ को प्रमोशनको दौरान आदित्य पंचोलीमाथि बलात्कारको आरोप लगाएकी थिइन् । उनले जरिनासँग मद्दत मागेको तर उनले मद्दत नगरेको आरोप समेत लगाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा