शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मौलापुर नगरपालिकाको बजेट ३१ करोड

मङ्गलबार, १० असार २०७६, १९ : ०८
मङ्गलबार, १० असार २०७६

रौतहट– रौतहटको मध्यभागस्थित मौलापुर नगरपालिकाको नयाँ बजेट सार्वजनिक भएको छ । नगरपालिकाका प्रशासकिय अधिकृत सिकेन्द्र साहले आर्थिक बर्ष २०७६/०७७ को लागि ३ करोड, ६८ लाख ५७ हजारको बजेट सार्वजनिक गरेका हुन् । 

प्रस्तावित बजेटमा आर्थिक विकासतर्फ निशुल्क बिउ, निशुल्क पानी, अब हाई खेतीमा मनग्य आम्दानी भने नारालाई  विशेष जोड दिइएको छ । नयाँ बजेटमा प्रत्येक किसानलाई नगरपालिकाद्वारा बीउ र पानी उपलब्ध गराईने जनाइएको छ । त्यसका लागी ५० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

सामाजिक विकासतर्फ शिक्षा तथा खेलकुद,प्रत्येक हातमा सीप,स्वास्थ्य, खानेपानी तथा सरसफाई अन्तरगत एक घर एक चर्पी, स्वच्छ सहर हाम्रो नगर, मौलापुर नगर हरित शहर बनाउनमा बिषेश जोड दिइएको छ ।
लैंगिक समानता तथा सामाजिक समावेशीकरण, पुर्वाधार विकासतर्फ सडक तथा पुल,सडक सञ्जालको विस्तार,समग्र नगर विकासको आधार सिञ्चाईतर्फ हर खेतमा सिचाई, भवन तथा शहरी विकास, सञ्चार,उर्जा, वातावरण संरक्षण, संस्थागत विकास तथा शेवा प्रवाह, वितिय व्यवस्थापन र सुशासनलाई बजेटमा समावेस गरिएको छ ।

उदघाटन समाराहका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष सांसद प्रभु साहले अबको दिनमा संपिधान र विकासमार्फत जनता लाई अनुभूति गराउनुु स्थानीय तहको पहिलो दायित्व रहेको बताए ।
समाजको असमानतालाई विकासमार्फत सम्बोधन गरिनुुपर्नेमा जोड दिँदै बजेटमा उत्पादनको स्तर बढाई गरिबी बेरोजगारी हटाउन स्थानीय तहको भूमिका खेल्नुुपर्नेमा सांसद साहले जोड दिए ।

प्रदेश सांसद कुुन्दन कुश्वाहा,नगरप्रमुख रिनाकुमारी साह,नेकपा प्रदेश कमिटि सदस्य त्रिभुवन साह,नेकपाका जिल्ला अध्यक्ष कमल यादव लगायतकाले जिल्लामै सबै क्षेत्रमा पिछडिएका मौलापुर नगरपालिकालाई विकासको माध्यमबाट सबै स्थानीय तहभन्दा अगाडि ल्याउनुपर्नेमा जोड दिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप