सर्पदंशका बिरामीलाई भूईँमै राखेर उपचार गर्नुपर्ने बाध्यता
बर्दिबास–प्रचण्ड गर्मी र बर्षाका कारण महोत्तरीको उत्तरी क्षेत्रमा सर्पदंशको घटना ह्वात्तै बढेको छ । उपचार केन्द्रमा चैत्र महिनादेखि हालसम्म ९७ जना सर्पदंशका बिरामीले उपचार पाएका छन ।
जसमध्ये सर्पको टोकाईबाट ६४ जना, बिच्छीको टोकाई बाट २५ जना र खजुरोको टोकाईबाट ८ जनाले उपचार पाएका छन् । त्यसैगरी विष नभएको सर्पले टोकेको र शंकाको आधारमा उपचार केन्द्रमा भर्ना हुन आएका २ सय १८ जना रहेको उपचार केन्द्रले जनाएको छ ।
सर्प र बिच्छीको खानीे भनिने बर्दिबास क्षेत्रमा सर्पदंशका घटनाले मानवीय क्षति बढ्दै गएपछि गौरीबासमै रहेको नेपाली सेनाको गुल्मले छ जना सर्पदंशको उपचार गर्ने दक्ष प्राविधिक उपलब्ध गराएपछि स्थानिय समुदायको पहलमा २०७१ साल साउन ३१ गते उक्त केन्द्र सञ्चालनमा ल्याइएको हो ।
हाल यहाँ धनुषा,सर्लाही, रौटहट,बारा,सिन्धुली र रामेछाप लगाएतका जिल्लाबाट बिरामी उपचारकालागी आउने गरेका छन् । उपचार केन्द्रमा उपचारका लागि आवश्यक पर्ने भेन्टिलेटरको अभाव भएकाले बिरामीलाई बाहिर सिफारिस गर्नु परेको केन्द्रले जनाएको छ ।
केन्द्रमा भवन र शैयाको अभाव भएकाले बिरामीको संख्या बढेपछि भुईँमा र एउटै शैयांमा २÷३ जना सम्म बिरामी राखेर उपचार गर्नु पर्ने बध्यता रहेको सर्प दंश उपचार केन्द्रका सञ्चालक समितिका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिए ।
भेन्टिलेटर सहितको उपचार उपकरणका लागि स्वास्थ्य मन्त्रालयमा कैयन पटक आग्रह गर्दा पनि कुनै सुनवाई नभएको उनको गुनासो रहेका छ ।
यस क्षेत्रमा गर्मी शुरु भएपछि गोमन र करेत जस्ता विषालु सर्प , ढोडिया, हरहरा लगायतका विष नलाग्ने सर्प, र बिच्छी खजुरो जस्ता विषालु किराको बिगबिगी बढ्ने गरेको छ ।
पोखरीमा डुबेर एक बालकको मृत्यु
महोत्तरीमा बिहिवार दिउसो पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौशला नगरपालिका १ रामनगर घर भएका देबु यादवका १० बर्षिय छोरा नितेश यादव रहेका छन ।
नितेश बिहीवार दिउँसो घर नजिकैको पोखरीमा नुहाउन गएका थिए भने नुहाउने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको बताइएको छ ।