अल्जेरिया र सेनेगल फाइनलमा
अल्जेरिया र सेनेगल इजिप्टमा जारी अफ्रिका कप अफ नेसन्स फुटबलको फाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको खेलमा अल्जेरियाले नाइजेरियालाई २–१ गोलले हरायो । अर्को सेमिफाइनल खेलमा सेनेगलले ट्युनिसियालाई १–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
अल्जेरियाको जितमा रियाद महारेजले इन्जुरी समयमा फ्रिकिक मार्फत निर्णायक गोल गरेका थिए । अल्जेरियाले ४०औं मिनेटमा आत्मघाती गोल सहयोगमा अग्रता लिएको थियो । नाइजेरियाका विलियम ट्रोस्ट इकोङको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । त्यसपछि ७२आंै मिनेटमा ओडियन इग्लुले पेनाल्टीमा गोल गर्दै नाइजेरियालाई खेलमा फर्काएका थिए । तर, इन्जुरी समयको अन्तिम मिनेटमा महारेजले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै अल्जेरियालाई फाइनलमा पुर्याए ।
यसैगरी सेनेगलले अतिरिक्त समयमा ट्युनिसियालाई आत्मघाती गोल सहयोगमा हराएको थियो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि अतिरिक्त समयमा सेनेगलले आत्मघाती गोल उपहार पायो । १०१औं मिनेटमा ट्युनिसियाका ड्यलान ब्रोनको प्रहार आत्मघाती गोल भएको थियो । सोही गोलनै सेनेगलको जितम निर्णायक बन्यो । निर्धारित समयमा दुवै टोलीले एक एक पेनाल्टी गुमाएका थिए । अब उपाधिका लागि अल्जेरिया र सेनेगलबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
-
कविता सुनाएर फिल्म प्रचार गर्दै ‘मनसरा’
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते