बलिउडका बाल कलाकारको सडक दुर्घटनामा मृत्यु
भारतको राजधानी नजिकै धरसिवा गाउँमा भएको सडक दुर्घटनामा बलिउड र टेलिभिजनका चर्चित बाल कलाकार शिवलेख सिंह उर्फ अनु सिंहको मृत्यु भएको छ । उनी १४ वर्षका थिए ।
भारतीय मिडियाका अनुसार शिवलेख आफ्नो परिवारसँग कारमा यात्रा गरिरहेका थिए । बिहिबार दिउँसो ३ बजे उनी चढेको कार ट्रकसँग ठोक्कियो । शिवलेखका बुवा शवेन्द्र सिंह र आमा लेखना सिंह गम्भीर अवस्थामा अस्पतालमा भर्ना छन् ।
दुर्घटनापछि ड्राइभर ट्रक छोडेर भाग्न सफल भएका छन् ।
शिवलेखले टिभी सिरियल ससुराल सिमरकासहित विभिन्न टेलिश्रृङ्खलामा महत्वपूर्ण भूमिका निभाएर आफ्नो पहिचान बनाएका थिए । उनले जी टिभीको इन्डियाज बेस्ट ड्रामेबाज, सोनी टिभी संकटमोचन हनुमान, कलर्स टिभीको ससुराल सिमरका, सब टिभीका खेलाडी, बालवीर, श्रीमान जी श्रीमती जी, बिग म्याजिकको अकबर–बिरबलमा अभिनय गरिसकेका छन् । उनी रेमो डिसुजाको फिल्ममा पनि काम गरिरहेका थिए । यसको ९० प्रतिशत सुटिङ भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ