
ADVERTISEMENT
समाचार
बालुवाटारस्थित सुविसु भवनमा भीषण आगलागी

काठमाडौँ– बालुवाटारस्थित सुविसु भवनमा भीषण आगलागी भएको छ । घटनास्थलमा आगो निभाउन काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बालुवाटारको सुविसु भवनमा आगलागी भएको पुष्टि गरे ।
जेनेरेटर नजिकै डिजेल स्टक रहेको बताइएको छ । नजिकै विद्युत लाइन सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना र काठमाडौं, भक्तपुर र ललितपुरका दमकलहरु परिचालन गरिएको थियो ।
अहिले पूर्णरुपमा आगलागी नियन्त्रणमा आएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नेहोस्
Loading comments...
तपाईको ईमेल गोप्य राखिनेछ