शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सोमबारदेखि देशैभरी सुपथ मूल्य पसल सञ्चालनमा आउँदै, केमा कति छुट पाइन्छ ?

आइतबार, २२ भदौ २०७६, १७ : ४७
आइतबार, २२ भदौ २०७६

काठमाडौँ । सोमबारदेखि देशैभरी सुपथ मूल्य पसल सञ्चालनमा आउने भएको छ । हिन्दु धर्मावलम्बीहरुको महान् चाड वडा दशैँ, तिहार र छठलाई लक्षित गर्दै नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ्ग र दुग्ध विकास संस्थानले उपत्यकासहित देशका विभिन्न स्थानमा ७३ वटा सुपथ पसल सञ्चालनमा ल्याउने भएका हुन् ।

नेपाल खाद्य संस्थान उपत्यकाको ५ स्थानसहित उपत्यका बाहिरका १८ स्थानमा गरी कुल २३ स्थानमा सुपथ मूल्यको पसल हुनेछन् । त्यस्तै, साल्ट ट्रेडिङ्गले उपत्यकामा ११ र उपत्यका बाहिर २२ र दुग्ध संस्थानले उपत्यकाका ४ स्थानसहित उपत्यका बाहिरका ११ स्थानमा सुपथ मूल्यका पसलहरु खोल्न लागेको खाद्य संस्थानका महाप्रवन्ध योगेन्द्र गौचनले रातोपाटीलाई जानकारी दिए ।

ठूला चाडहरु दशैँ, तिहार र छठलाई नै मध्यनजर गर्दै बजारमा हुने चरम महङ्गी अभाव र व्यथितिलाई व्यवस्थापन गर्दै सर्वसाधारणमा सहज सुलभ र गुणस्तरिय खाद्यान्न प्रदान गर्ने उद्देश्यले सुपथ मूल्यको पसल सञ्चालन ल्याउन लागिएको महाप्रवन्धक गौचनले बताए ।

‘सुपथ मूल्यका पसलमा सामान्य दाल चामलदेखि खसीबोका सम्म उपलब्ध गराइने छ । गौचनले भने, ‘सहज, सुलभ र गुणस्तरिय वस्तु उपभोक्तामा पु¥याउने हाम्रो लक्ष्य हो । हामीले पसल सञ्चालनको सम्पूर्ण तयारी पुरा गरिसकेका छौं । तर मन्त्री उपत्यका बाहिर हुनुभएकाले उद्घाटनको समय तय गर्न सकिएको छैन । सम्भवत भोलि देखिनै सुपथ पसल सञ्चालनमा आउने छ ।’

गौचनका अनुसार सुपथ मूल्यका पसलहरुबाट सामान किन्दा उपभोक्ताहरुले वस्तु हेरी बाहिरी बजार भाउभन्दा २ देखि १० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।  

यस्तो छ छुटको व्यवस्था

अन्य सबै खाले खाद्यान्न लगायतका वस्तुहरुमा २–१० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । यो प्रारम्भिक प्रस्तावना हुन् । देशका सातवटै प्रदेश र स्थानीय निकायहरुसँग समन्वयन गरेर सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको महानिर्देशक गौचनले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप