केन्द्रीय संस्करण
गोलार्द्ध

रोबर्ट मुगावे : जसले जिम्बावे बनाए, ध्वस्त पनि बनाए

जीवनमा जस्तै मृत्यु पनि विवादित नेता

person explore access_timeभदौ २२, २०७६ chat_bubble_outline0

रोजर साउथहल/द कन्भरसेसन

एजेन्सी । सेप्टेम्बर ६ का दिन जिम्बावेका पूर्व राष्ट्रपति रोबर्ट मुगावेको ९५ वर्षको उमेरमा निधन भयो । मुगावे ९५ वर्षका थिए र उनी केही समयदेखि अस्वास्थ थिए । 

जिम्बावेका वर्तमान राष्ट्रपति एमरसन म्नानङ्ग्वाले मुगावेको मृत्युको जानकारी ट्विटरमार्फत दिएका थिए ।

मुगावे निधन भएको घोषणालगत्तै व्यापक प्रतिक्रिया आए । केहीले मुगावेलाई मुक्तिदाताको रूपमा सम्झिए भने अन्य कैयौँले उनलाई ‘दानव’को रूपमा प्रस्तुत गरे ।

यसले मुगावे बितेपछि पनि जीवन कालमाजस्तै उनी विभाजनकारी व्यक्तित्व रहेको देखाएको छ ।

जिम्बावेको वर्तमान सरकार र मुगावेले स्थापना गरेको सत्तारुढ जानु–पीएफले भावि दिनमा इयान स्मिथको तत्कालीन रोडेसियामा कायम जातिवादी शासनविरुद्धको सङ्घर्षमा मुगावेको नेतृत्वमा जोड दिएर उनको नायकत्वको प्रचार गर्नेछ ।

त्यस्तै आफ्ना नेतालाई थप महान देखाउन सत्तामा आएको सुरुका दिनमा मुगावेले गोराहरुको स्वामित्वमा रहेको विशाल भूभाग जग्गालाई खोसेर अफ्रिकीलाई फर्काएको कुरालाई प्रचार गराउने छन् ।

आलोचकले मुगावे आफ्नो वाचामा खरो उत्रन असफल भएको कुरामा जोड देलान् । सन् १९७९ डिसेम्बरमा जिम्बावे स्वतन्त्र हुँदा मुगावेले देशमा जातीय मेलमिलाप नीतिका साथ शासन गर्ने वाचा गरेका थिए । तर उनले त्यसो गरेनन् ।

त्यसबाहेक आलोचकले मुगावेलाई सम्झँदा सन् १९८० को दशकमा उनले म्याटवेलेल्यान्डमा राजनीतिक प्रतिपक्षीमाथि गरेको धरपकड र जानु–पीएफले संस्थागत गरेको धाँधलीको कुरा पनि उठाउनेछन् ।

शक्तिका यी दुरूपयोग मुगावे र उनका नजिककालाई शक्तिमा कायम राख्न सहयोगी भयो । आलोचक मुगावेको शासनमा देशमा भ्रष्टाचार व्याप्त भएको र अर्थतन्त्र ध्वस्त हुने गरी ह्रास कुरालाई जोड दिन्छन् ।

अवश्वम्भावी रूपमा, मुख्य ध्यान उनको घरेलु कार्यमा हुनेछ । यद्यपि उनलाई अफ्रिकी राष्ट्रवादी नायकको रूपमा प्रशंसा गर्नेहरु महादेशभरी पाइनेछन् । यस्तोमा अफ्रिकी राष्ट्रवादी माझमा मुगावेको स्थान के हुन्छ ?

निरङ्कुशतातर्फको यात्रा

अधिकांश अफ्रिकी राष्ट्र पछिल्लो आधा शताब्दी वा केही बढी समयमा औपनिवेशिक शासनबाट मुक्त भएका हुन् ।

सुरुका अफ्रिकी राष्ट्रवादी नेताहरुलाई स्वतन्त्रतापछि देवताकै रूपमा हेरिन्थ्यो । तथापि केही समयपछि नै धेरैजसोमा कैयौँ खोट देखिन थाल्यो ।

सुरुमा अफ्रिकी स्वतन्त्रता र मुक्तिलाई प्रतिविम्बित गर्ने राष्ट्रवादी नेताहरु समयक्रममा लोकतन्त्र र विविधताप्रति सहिष्णु देखिन छाडे ।

जनताको नाममा ‘एक दलीय’ शासन सामान्य हुन थाल्यो । केही सन्दर्भमा, यसलाई एक दलीय प्रजातन्त्रको रोचक प्रयोगको रूपमा पनि हेरिन थालियो । यसका अन्य उदाहरणमा तान्जानियाका जुलियस निएरेरे र जाम्बियाका केनेथ कोन्डा पर्छन् ।

यिनमा विस्तारै असहिष्णुतता र सर्वसत्तावाद हाबी हुन थाल्यो । सर्वसत्ता हाबी हुँदै गएपछि धेरै अवस्थामा पार्टी शासनलाई सैन्य शासनले प्रतिस्थापन गरेर पूर्ण सर्वसत्तावाद स्थापना भए ।

जिम्बावेमा मुगावेले आफूले चाहेजस्तै एक दलीय शासन लागू गर्न सकेनन् । तथापि यसो हुँदा पनि उनको दल जानु–पीएफ आर्थिक सङ्कट र प्रतिपक्षीको वृद्धिप्रति कठोर हुन रोकिएन । पछि पछिका निर्वाचनलाई निर्लज्जताका साथ धाँधली हुन थाल्यो । 

यसका बावजुद सन् २००८ मा जानु–पीएफले संसदमा बहुमत गुमायो । जवाफमा मुगावेले त्यसपछि भएको राष्ट्रपति चुनावमा झन् ठूलो धाँधली गरे । योसँगै मुगावेले आफ्नो शासनकालमै लोकतन्त्रको सम्भावनालाई हिंस्रकताका साथ अन्त्य गरिदिए ।

अफ्रिकामा सुरु सुरुका राष्ट्रवादी नेताले पछ्याएको आर्थिक नीति समाजवादी होस् वा पँुजीवादी नै किन नहोस् स्वतन्त्रतापछि तिनले प्रारम्भमा तुलनात्मक समृृद्धि हासिल गरेको देखिन्छ । त्यसपछि तिनले तीव्र रूपमा आर्थिक ह्रास भोगेका थिए ।

पछाडि फर्केर हेर्दा, तिनले सामना गरेको चुनौती ठूलो रहेको देखिन्छ । औपनिवेशकालपछि नेतृत्वमा आएका अधिकांश अर्थतन्त्र अल्पविकसित थिए भने तिनले थोरै परिणामको कृषि र खनिज उपभोग्य निर्यात गर्ने उत्पादन हुन्थ्यो ।

सन् १९७० देखि, अफ्रिकाको नव स्वतन्त्र देशका आर्थिक वृद्धि अन्तर्राष्ट्रिय मुद्रा कोषले बढिरहेको ऋणलाई देखाएर संरचनात्मक समायोजना कार्यक्रम लागू गर्न बाध्य पारेपछि कम भयो । यसले पूर्वाधारका अतिरिक्त समाजिक सेवा र शिक्षामा लगानी गर्न अवरोध ग¥यो र राजनीतिक असन्तुष्टि बढायो ।

त्यसको विपरीत मुगावे सत्तामा आउँदा उनले विरासतमा पाएको सत्ता सक्षम, वृहद स्तरको अर्थतन्त्रमा आधारित थियो । त्यसमा ठूल–ठूला औद्योगिक र समृद्ध व्यावसायिक कृषि क्षेत्र पथ्र्यो ।

हुन त यी मुख्य त गोराको नियन्त्रणमा थियो तर औपनिवेशबाट मुक्त भएका अन्य अफ्रिकी मुलुकभन्दा जिम्मावेको विकासको धेरै ठूलो सम्भावना थियो ।

तर ठूलो स्तरको भ्रष्टाचार र कुव्यवस्थामार्फत उनको सरकारले त्यो सम्भावनालाई मासिदियो । उनको शासनमा अर्थतन्त्र तीव्र रूपमा गिर्यो । त्यसले उद्योग र व्यावसायिक कृषि क्षेत्र धरासायी भए ।

अर्थतन्त्र कहिले पनि त्यसबाट उभ्रिन सकेन र आज पनि ती देशको अर्थतन्त्र अफ्ठ्यारो र चरम सङ्कटको अवस्थामा छ ।

प्रसिद्धि

राजनीतिक मोर्चामा, युगान्डाका मिल्टन ओबोटे र सोमालियाको सियाद बारेले यति धेरै द्वन्द्व सिर्जना गरे कि त्यसपछि निम्तिएको ‘कू’ र अन्य सङ्कटले तिनको देश गृहयुद्धमा धकेलियो ।

मुगावेको शासनमा जिम्बावेले यो नियती भोग्नबाट बच्यो । तर यसका लागि सन् १९८० को दशकमा म्याटबेलेल्यान्डको राजनीतिक प्रतिपक्षीमाथि उग्र दमनले काम गरेको देखिन्छ । त्यसमा ३० हजारभन्दा बढी विपक्षी मारिए । त्यसले थप द्वन्द्वको सम्भावना त खुम्चाइदियो तर तथाकथित शान्ति खुलेआम युद्धको अभाव मात्र थियो । 

घानाका क्वामे क्रूमा र तान्जानियाका जुलियस निएरेरेजस्ता केही नेतालाई राष्ट्रिय स्वतन्त्रता र अफ्रिकी एकतामा पु¥याएको योगदानको लागि अझै सम्मान गरिन्छ ।

घरेलु रूपमा ती असफल भए तथापि त्यसले पनि तिनको सम्मानमा असर परेन ।

सन् १९६६ सम्म क्रुमालाई सैन्य कुले विस्तापित गर्दा, उनको एकदलीय शासन राजनीतिक रूपमा भ्रष्ट र दमानकारी बनिसकेको थियो ।

त्यस्तै निएरेरेलाई पनि व्यक्तिगत स्वाभिमान र अफ्रिकी विकासप्रतिको प्रतिबद्धताका लागि सम्मान गरिन्छ ।

क्रुमा र निरेरेको विचारले राजनीतिक अभियानकर्मीको युवा पुस्तालाई अझै उत्साहित गर्छ । जबकि अन्य स्वतन्त्रताका लागि लडेका नेताहरु लगभग बिर्सिसकेका छन् ।

के जिम्मेवेको भावि पुस्तामाझ मुगावेको पनि त्यस्तै हविगत हुन्छ ? वा भावि पुस्ताले उनको ठूलो कमजोरीहरुलाई बिर्सिएर दक्षिणी अफ्रिकाको स्वतन्त्रतामा उनले निभाएको विशेष भूमिकालाई मात्र सम्झना राख्नेछन् ?

ग्रिक वियोगान्त नायक

अफ्रिकी इतिहासकारले मुगावेको सम्झना गर्दा सामना गर्ने समस्या के हो भने तिनले मुगावेको समर्थन गर्दैगर्दा उनको शासनमा दुःख पाएका वा देश छाडेर हिँडेका लाखौँ लाख नागरिकलाई बेवास्ता गरिरहेका हुन्छन् ।

उनले शासनमा कुनै राजनीतिक विचारको योगदान गरेनन् । उनले स्वतन्त्रताको समयमा पाएको बचेखुचेको समृद्धिलाई पनि गुमाए । त्यस्तै उनले आफू आउनुअघिका कैयौँ संस्थानलाई ध्वस्त बनाए । त्यसमध्ये एक कुनै समय प्रभावकारी मानिएको सरकारी कर्मचारी सेवा पनि पर्छ ।

धेरै जना मुगावेको लामो आयु नै उनको ग्रिक दुखान्त नायकको हविगतका लागि जिम्मेवार मान्छन् । ग्रिक दुखान्त नायकजस्तै उनको सुरुका वाचा र असल गुणले उसलाई नायक बनायो तर जीवनको उत्तराद्र्धमा आइपुग्दा उनी इतिहासले धिक्कार्ने ‘दानव’मा रूपान्तरण भइसकेका थिए ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...