न्यूयोर्कमा बसन्त चौधरीको विश्व काव्ययात्रा सफलतापूर्वक सम्पन्न
न्यूयोर्क । न्यूयोर्कमा बरिष्ठ कवि तथा गीतकार वसन्त चौधरीको विश्व काव्ययात्रा दोस्रो श्रृङखला अन्तर्गत न्यूयोर्क श्रृङखला एक समारोहबीच सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क शाखाले आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व शाखा अध्यक्ष राजेन्द्र श्रेष्ठले गरेका थिए ।
कार्यक्रमको शुभारम्भ कवि वसन्त चौधरीका हातबाट पानसमा बत्ती बालेर गरिएको थियो । कार्यक्रमको शुरुवात लोकप्रिय कलाकारद्वय सपना श्री र संगीता छोचुंले नेपाली राष्ट्रिय गान र प्रतिभावान सानी कलाकार अर्मानी महर्जनले अमेरिकन राष्ट्रिय गान गाएर गरिएको थियो ।
कार्यक्रममा राजेन्द्र श्रेष्ठले सबै उपस्थित अतिथिहरुलाई स्वागत गर्नुका साथै समस्त अमेरिका र विश्वका निम्ति कालो दिनको सम्झना दिलाउँदै केहि क्षण मौन धारण गर्न आह्वान गरे ।
उद्योगपति तथा समाजसेवीका रुपमा देश तथा विदेशमा सुपरिचित बसन्त चौधरीले अनेक कालजयी गीतहरु नेपाली संगीत जगतलाई प्रदान गरेर तथा नेपाली तथा हिन्दी भाषामा आफ्ना कविता संग्रह प्रकाशित गरेर एक कुशल गीतकार र कविका रुपमा पनि आफ्नो विशिष्ट पहिचान बनाएका छन् ।
कार्यक्रममा उनले एकल कविता वाचनशैलीमा आफ्ना पूर्वप्रकाशित र प्रकाशोन्मुख कविता, गीत, गजल र मुक्तक बाचन गरेर सबैको मन जितेका थिए ।
नेपाली भाषा मात्र नभएर उनले हिन्दी तथा अंग्रेजी कविता, गीतहरु मार्फत उपस्थित विदेशी अतिथिहरुलाई पनि उत्तिकै हर्षित बनाएका थिए ।
नेपाली, बिदेशी भाषा साहित्यप्रेमी दर्शकहरुले सभाकक्ष खचाखच भरिएको थियो । मिठो स्वरका धनि चौधरीसँगै दर्शकहरुले पनि गजल गाएर झुमेका थिए ।
कार्यक्रममा चौधरीको नया कविता संग्रह ‘बसन्त’ को लोकार्पण गरिएको थियो । सो पुस्तक नेपाली भाषामा मात्र नभएर हिन्दी ,मैथली, मारवाडी, नेपालभाषा, बंगाली, अंग्रेजी आदि गरि ९ भाषामा प्रकाशित छ ।
जुन नेपाली साहित्यमा एउटा इतिहास नै बनेको छ । सोहि अवसरमा न्युयोर्कबासी नेपालीको तर्फबाट उनलाई अभिनन्दन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण