जोर्डनसँग नेपालको फराकिलो हार
नेपाली युवा टोलीले फराकिलो हारबाट एएफसी यू–१६ च्याम्पियनसिप छनोट फुटबलको यात्रा सुरु गरेको छ । समूह ‘ए’ मा रहेको नेपाल शनिबार राति भएको पहिलो खेलमा आयोजक जोर्डनसँग ७–० गोलले पराजित भयो । नेपालले पहिलो हाफमै पाँच गोल खाएको थियो ।
१६औं मिनेटमा अहमद अब्दुल्लाहले गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाएका थिए । १९औं मिनेटमा अली अहमद हाजाबीले जोर्डनको अग्रता दोब्बर बनाए । २०औं मिनेटमा अब्देल काडेर अलालेमले तेस्रो गोल गरे । ४२औं मिनेटमा मोहमद खालेद अबिडाटले चौथो गोल थपे । ४४औं मिनेटमा अब्देलले व्यक्तिगत दोस्रो गोल गरे ।
४७औं मिनेटमा अब्देलले ह्याट्रिक पूरा गरे । ८०औं मिनेटमा सराज मुनिरले गोल गर्दै जोर्डनलाई फराकिलो जित दिलाए । नेपाली टोली दुई साता अघि मात्र साफ यू–१५ च्याम्पियनसिपको उपविजेता बनेको थियो । त्यसपछि छोटो तयारी गरेर जोर्डन पुगेको नेपाली टोलीले पहिलो खेलमै लज्जास्पद हार खेप्यो । सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको छनोट अन्तर्गत समूह ‘ए’ मा नेपाल सहित कुवेत, ताजकिस्तान र दक्षिण एसियाली देश श्रीलंका छ । नेपालले अब दोस्रो खेल सोमबार कुवेतसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण