केन्द्रीय संस्करण

उप-प्रध्यापक छोराको मृत्युको पीडा खप्न नसकेर बाबुले गरे आत्महत्या

person explore access_timeभदौ ३०, २०७६ chat_bubble_outline0
file photo

बुटवल– पाल्पाको  त्रिभुवन बहुमुखी क्याम्पसका उप-प्रध्यापक कृष्णप्रसाद तिमिल्सिनाको तीन दिनअघि ह्दयघातबाट मृत्यु भएपछि त्यसको पीडा सहन नसकेर उनका ६५ वर्षीय बाबु भिमराज तिमिल्सिनाले सोमबार बिहान आत्महत्या गरेका छन् ।

४० वर्षीय छोरा कृष्णको शनिबार मृत्यु भएको थियो । जिल्लाको रामपुर नगरपालिका वडा नम्वर १० हेक्लाङ्गा निवासी उप–प्रध्यापक तिमिल्सिनाको ह्रदयघात मृत्यु भएपछि विक्षिप्त बनेका उनका बाबुले आज बिहान घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी कृष्णराज सापकोटाले जानकारी दिए ।

उपप्रध्यापक तिमिल्सिना पाल्पाको नर्सिङ्ग कलेज, मिलेनियम कलेजमा समेत अध्यापन गराउँथे भने पाल्पाकै सुर्योदय टेलिभिजनका अध्यक्ष समेत रहेका थिए । बाबु छोराको तीन दिनमै मृत्यु भएपछि आफन्तजन  शोकमा डुबेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.