संसद बैठक २ घण्टा पछि सर्यो
काठमाडौँ– आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक २ घण्टा पर सरेको छ । पूर्व निर्धारित कार्यक्रमअनुसार बुधबार ११ बजेका लागि राखिएको बैठक २ घण्टापछि दिउँसो १ बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ ।
११ बजे सिंहदरवारमा संघीय संसदको भवन शिलान्यास कार्यक्रम भएकाले बैठक २ घण्टा पछि बस्न लागेको सभामुख कृष्णबहादुर महराका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए ।
आजको बैठकमा प्रतिनिधि सभाका सविच गोपालनाथ योगीले राष्ट्रिय सभाबाट प्राप्त विधेयक वातावरण संरक्षण विधेयक २०७५ र वन विधेयक २०७५ टेवल गर्ने सम्भावित कार्यसूची छ ।
त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले “उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७६ पेश गर्ने,
प्रधानमन्त्री के.पी. शर्मा ओलीले “लोक सेवा आयोग विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तूत गर्ने सम्भावित कार्यसुची रहेको छ । त्यस्तै गृह मन्त्री रामबहादुर थापाले “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, स’परिवेक्षण र समन्वय) विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने र प्रहरी समायोजन विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने सम्चावित कार्यसुची रहेको छ ।
त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथिको दफावार छलफल
सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने तथा “शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५” माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तूत गर्ने कार्यसुची रहेको छ ।
आजकै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले “शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तत गर्ने कार्यसुची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण