शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा

शनिबार, ३० जेठ २०८३, १७ : ५७
शनिबार, ३० जेठ २०८३

सारांश

  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्ने बताएका छन् ।
  • उनले केही स्थानमा स्थानीयसँग गरिएका प्रतिबद्धता पूरा नगरी बस्ती खाली गर्ने काम भएको भन्दै सरकारका कमी कमजोरी सच्याउनुपर्ने बताए ।
  • उनले पशुपति छेउछाउका बस्ती हटाउने विषयमा पुनर्विचार गर्नुपर्ने र हठातमा निर्णय लिए त्यसको प्रभाव जात्रा, पर्व, संस्कृति, परम्परा सबैलाई पर्ने बताए ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर ८ ले शनिबार काठमाडौँमा आयोजना गरेको सम्मान कार्यक्रममा सभापति थापाले केहि स्थानमा स्थानीयसँग यसअघि गरिएका प्रतिबद्धता पुरा नगरी बस्ती खाली गर्ने काम भएको भन्दै सरकारका तर्फबाट भएका कमी कमजोरीलाई सच्याउनुपर्ने बताएका हुन् ।

लोकतन्त्रमा सरकारले आफूले गरेका निर्णयहरू तलमाथि गर्दिन भनेर सोच्न नहुने उनले बताए । उनले नागरिकहरूले सरकारका निर्णयमाथि प्रश्न उठाए भने ती निर्णयहरू बदल्ने कुरालाई ठुलो इगोको विषय बनाउन नहुने उनले बताए ।

सभापति थापाले पशुपति छेउछाउका बस्ती हटाउने विषयमा समेत सरकारले पुनर्विचार गर्नुपर्नेमा जोड दिए । स्थानीय कला संस्कृति र परम्पराको संवेदनशीलता नबुझीकन हठातमा निर्णय लिए त्यसको प्रभाव व्यक्तिलाई मात्रै नभई जात्रा, पर्व, संस्कृति, परम्परा सबैलाई पर्ने उनको भनाइ छ । 

उनले पशुपति नजिकका पुराना बस्तीहरूलाई हटाउने कुरा सँगसँगै थुप्रै कुराहरू मेटिएर जान सक्नेतर्फ सरकारको ध्यानाकर्षण समेत गराए । कार्यक्रममा वडामा बसोबास गर्दै आएका विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप