दुई विधेयक स्वीकृत, एक समितिमा
काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ भने एक विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको हो ।
यसैगरी गृहमन्त्री थापाले ‘प्रहरी समायोजन विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी दोस्रो प्रस्ताव पनि प्रस्तुत गरेका थिए । प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
दुवै प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै सांसद दिलेन्द्रप्रसाद बडूले विधेयकमा कर्मचारी भन्ने शब्द थप गरिनुपर्ने माग गरे । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘लोकसेवा आयोग विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ
-
संसदीय समितिको सभापति गुम्ने डरले मन्त्रालय विभाजन
-
बागमती प्रदेशको संसदीय समितिमा भागबण्डा, कांग्रेसलाई दुई समितिको नेतृत्व
-
मधेस प्रदेशमा जनमतले जसपा नेपाल नेतृत्वको सरकार स्वीकार नगर्ने
-
तेह्रथुममा ढाका महोत्सव सुरु
-
निःसन्तान दम्पतिलाई हार्दिक आईभीएफमा अब १ लाख ९९ हजारमै आईभीएफ सेवा