रोमाको सानदार जित
इटालियन क्लब एस रोमाले युरोपा लिग फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा बिहिबार राति भएको खेलमा रोमाले टर्कीस क्लब इस्तानवुल बासकसेरलाई ४–० गोलले हरायो ।
रोमाको जितमा इडेन जेको, निकोलो जानिलो र जस्टिन क्लुइभर्टले गोल गरे । रोमाले अर्को आत्मघाती गोल उपहार पाएको थियो । ४२औं मिनेटमा इस्तानवुलका काइकाराको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो ।त्यसपछि रोमाका जेकोले ५८औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ७१औं मिनेटमा निकोलोले अर्को गोल थपे । ९०औं मिनेटमा जस्टिनले गोल गर्दै रोमालाई फराकिलो जित दिलाए ।
जितसँगै रोमाले समूह ‘जे’ मा रहेको रोमाले तीन अंक बनाएको छ । इस्तानवुल अंकविहीन छ । यही समूहको अर्काे खेलमा अस्ट्रियाको वल्फवर्गरले जर्मन क्लब बोरुसिया मोनचेग्लावाचलाई ४–० गोलले पराजित गरेको छ । पहिलो जितसँगै वल्फवर्गरले पनि तीन अंक बनाएको छ । बोरुसिया मोनचेग्लावाच अंकविहिन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा तेस्रो ‘स्पेस एन्ड डिजाइन एक्स्पो २०२४’ सुरु
-
अमेरिकी सेनाले गाजामा सहायताको पहिलो खेप पुर्यायो
-
सदस्य हेरफेरका लागि बागमती प्रदेशसभा बैठक शनिबार ११ बजे बस्ने
-
सहकारी अभियान समाप्त भए संविधान अपुरो हुन्छ : मुख्यमन्त्री अधिकारी
-
मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने सरकारको निर्णय
-
किसानले बुझाए कालीमाटी विकास समितिलाई ज्ञापनपत्र