ठूला दलहरुले संविधान संशोधन नगरेपछि हामीले पनि स्वीकार गर्ने अवस्था रहेन : महेन्द्रराय यादव
काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले मधेशवादी दललाई अलग राखेर जारी गरिएकोले यो संविधान स्वीकार गर्न नसकिएको स्पष्ट पारेका छन् । संयोजक यादवले संविधान संशोधन गर्नुपर्ने आफनो पार्टीको माग सम्बोधन नगरेको भन्दै सरकारको पनि चर्को आलोचना गरे ।
‘अन्धो र बहिरो यो सरकारले संविधान संशोधन गरेन,’ उनको भनाई थियो, ‘ठूला दलहरुले पनि संविधान संशोधन नगरेपछि हामीले यो संविधानलाई स्वीकार गर्ने अवस्था रहेन ।’ संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक यादवले दुई तिहाईको बल मिचाईमा प्राप्त संघीयता र गणतन्त्र नमास्न पनि सरकारलाई सचेत गराए । उनले मधेशी जनताको बलिदानीपूर्ण संघर्षको बलमा आएको संघीयता मास्न खोजे सरकार आफै समाप्त हुने चेतावनी पनि दिए ।
संयोजक यादवले सरकारले संघीयताको धज्जी उडाएको आरोप पनि लगाए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण