प्रिमियर लिगः बर्नमाउथ तेस्रो स्थानमा
एजेन्सी । बर्नमाउथ इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा साउथह्याम्पटनलाई ३–१ गोलले हराउँदै बर्नमाउथ तेस्रो स्थानमा उक्लिएको हो ।
साउथह्याम्पटनको घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा बर्नमाउथलाई जिताउन नाथन एके, ह्यारी विल्सन र कलुम विल्सनले गोल गरे ।
साउथह्याम्टनका जेम्स वार्डले सान्त्वना गोल फर्काएका थिए । १९औँ मिनेटमा नाथन एकेले गोलगर्दै बर्नमाउथको अग्रता दिलाए । ३५औँ मिनेटमा ह्यारी विल्सनले गोलगर्दै टोलीको अग्रता दोब्बर बनाए ।
५३औँ मिनेटमा जेम्स वार्डले पेनाल्टीमा गोल गर्दै साउथह्यामटनलाई खेलमा फर्काउने प्रयास गरे । त्यसपछि इन्जुरी समयमा कलुम विल्सनले गोल गर्दै बर्नमाउथलाई फराकिलो जित दिलाए ।
जितसँगै बर्नमाउथ तेस्रो स्थानमा उक्लिएको छ ।
बर्नमाउथले ६ खेलबाट १० अंक बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको पाँच खेलबाट १० अंक छ । शीर्ष स्थानमा हरेको लिभरपुलको १५ अंक छ । साउथह्याम्पटन सात अंकसहित ११औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण