बंगलादेशको विजयी सुरुवात
शनिबार, ०४ असोज २०७६, २१ : १२
काठमाडौं – बंगलादेशले साफ यु–१८ पुरुष फुटबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । हल्चोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा शनिबार भएको खेलमा बंगलदेशले श्रीलंकालाई ३–० गोलले हरायो ।
समूह ‘बी’ मा रहेको बंगलादेशले खेलको पहिलो मिनेटमै खाता खोलेको थियो । बंगलादेशका मोहम्मद तनबीर हसनले पहिलो गोल गरे ।
७७ औं मिनेटमा मोहम्मद फहीम मोरसेडले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ८६औं मिनेटमा मोहम्मद अहमद फहिमले गोल गर्दै टोलीको जित सहज बनाएका थिए ।
समूहको दोस्रो खेलमा बंगलादेशले सोमबार भारतसँग खेल्नेछ । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र भारत छन् ।
समूह ‘ए’ मा रहेको नेपालले भने पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको छ । नेपालले आइतबार भुटानसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल
-
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन
-
सूचना टाँसेर प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित
-
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
-
नार्कमा ४६ प्रतिशत जनशक्ति अभाव, गुणस्तरीय अनुसन्धान प्रभावित
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ