दशैंको अवसरमा राजधानीमा सशस्त्र प्रहरीले निःशुल्क बस चलाउने
काठमाडौं । सशस्त्र प्रहरीले दशैँको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रुपमा संचालन गर्ने भएको छ ।
दशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकाले सर्वसाधारणको आवतजावतमा सुविधा दिन निःशुल्क बस संचालन गर्न लागेकाे सशस्त्र प्रहरी बलले जनाएकाे छ ।
काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवा प्रदान गर्न सशस्त्र प्रहरीको प्रधान कार्यालयबाट निस्कने एउटा बसले ठूलो भ¥याङ, बनस्थली, वालाजुुहुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरुलाई सेवा प्रदान गर्ने छ ।
यसैगरी नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सीतापाईला, कलंकी, बल्खुुहुँदै विभिन्न ठाउँका यात्रुहरुलाई निःशुल्क सेवा प्रदान गर्ने छ ।
सशस्त्र प्रहरीले काठमाडौं उपत्यकाभित्र संचालन गर्ने सो निःशुल्क बस बडादशैंको नवमी, दशमी र एकादशीका दिन बिहान ०८ः०० बजेदेखि संचालन हुने सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कार्कीले लिए शपथ
-
बालेनको सहरमा सीके राउतको पोस्टर (फोटोफिचर)
-
बिहेको १२ दिनमा बेहुली पुरुष भएको खुलासा भएपछि.....
-
अन्तर्राष्ट्रिय पदक विजेता बास्केटबल खेलाडी सम्मानित
-
पहिले भाडा तिर्ने पैसा थिएन, अहिले साउथका सुपरस्टार छन् यी अभिनेता
-
अस्ट्रेलियाबाट घर फर्केकाहरूको कथा समेटेर ‘फोटो प्रदर्शनी’