दशैंको अवसरमा राजधानीमा सशस्त्र प्रहरीले निःशुल्क बस चलाउने
काठमाडौं । सशस्त्र प्रहरीले दशैँको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रुपमा संचालन गर्ने भएको छ ।
दशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकाले सर्वसाधारणको आवतजावतमा सुविधा दिन निःशुल्क बस संचालन गर्न लागेकाे सशस्त्र प्रहरी बलले जनाएकाे छ ।
काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवा प्रदान गर्न सशस्त्र प्रहरीको प्रधान कार्यालयबाट निस्कने एउटा बसले ठूलो भ¥याङ, बनस्थली, वालाजुुहुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरुलाई सेवा प्रदान गर्ने छ ।
यसैगरी नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सीतापाईला, कलंकी, बल्खुुहुँदै विभिन्न ठाउँका यात्रुहरुलाई निःशुल्क सेवा प्रदान गर्ने छ ।
सशस्त्र प्रहरीले काठमाडौं उपत्यकाभित्र संचालन गर्ने सो निःशुल्क बस बडादशैंको नवमी, दशमी र एकादशीका दिन बिहान ०८ः०० बजेदेखि संचालन हुने सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण