आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बाढीबाट रौतहटमा मर्नेको संख्या १६ पुुग्यो, दुुईजना अझै बेपत्ता

मङ्गलबार, ३१ साउन २०७४, २१ : ४९
मङ्गलबार, ३१ साउन २०७४

रौतहट– बर्षा र बाढीबाट रौतहटमा मर्नेको संख्या १६ पुुगेको छ । बाढीले बगाएर अझै दुई जना हराइरहेका छन् । 

गौर नगरपालिका वडा ६ का ३८ वर्षीय सुुरेश भन्ने हुुसेनी साह तेली र गुुजरा गाउँपालिका ७ का १८ वर्षीय मलाही रामको मंगलवार शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताए । योसँगै जिल्लामा बाढीबाट मर्नेको संख्या १६ पुुगेको छ ।

देवाही गोनाही वडा नम्बर ५ की ११ वर्षीया सरिता कुुमारी र गुुजरा गाउँपालिका छौकी रञ्जिता रामको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।  

यसअघि गौर नगरपालिका ६का बाबर मियाको छोरा  २३ वर्षीय जोबैर मिया, परोहा गापा लौकाहाका चन्दन किशोर यादव, शर्मीला यादव, सरोज यादव, छोटी कुमारी, सुुनिता यादव, ललिता यादव, गंगापिपरामा कौशल्या देवी, औरैयामा सकील देवान, देवाहीमा जगिया देवीको मृत्यु भएको हो ।

गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तरगत सखुुअवा चौक नजिक बाढीले बगाएको मुुख्य बाटो पुुर्ण मर्मत हुन नसक्दा सञ्चालन भएको छैन । इँटाका टुुक्राहरु मगाई डाईभर्सन बनाउने काम भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरिक्षक केशव रेग्मीले बताए । 

गौर गंगापिपरा, गौर बंकुल, बंकुल दुधिअवा, झाँझपुल कटहरिया, गरुडा समनपुर लगायत जिल्लाका मुख्य बाटोहरु बाढीबाट क्षतिग्रस्त भएकाले हालसम्म सञ्चालन हुन सकेको छैन । आईतवार देखि बर्षा बन्द भएपछि जिल्लामा डुुबान भने कम हुँदै गएको छ । देवाही,कटहरिया र गर्जाघाट स्थित लालबकैया नदीको तिनवटै पुलको दुुबैतर्फको बाढीले बगाएको कल्भर्ट र बाटो पुुनः निर्माण हुन नसक्दा आवतजावत हुन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुुर थापा र स्थानिय विकास अधिकारी उमेश बस्नेतको अगुुवाईमा मंगलवार जिल्लाको बिभिन्न स्थानमा बाढी पीडितहरुलाई राहत सामग्री बितरण गरिएको छ ।

लक्ष्मीपुर, बेलबिछवा, ब्रहमपुुरी,गरुडा,गौर, देवाही,करुनिया, भसेढवा, सखुुअवा, कर्कच टिकुुलिया,औरैया, लौकाहा, रमौली, बिश्रामपुरस्थित बाढीपीडितहरुलाई सातसय ५० त्रिपाल, तीन सय १८ बोरा चिउरा, ६० कुुइन्टल चामल, १६कुुइन्टल दालमोट, भुुजा, भुुजिया, खानेतेल, लगायतका राहत सामग्री बितरण गरिएको दैविप्रकोप उद्धारसमितिका अध्यक्ष एवं प्रजिअ थापाले जानकारी दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप