जी समूहको डीएनए पत्रिकाद्वारा प्रिन्ट संस्करण बन्द
एजेन्सी । डेली न्यूज एन्ड एनलाइसीस (डीएनए) पत्रिकाले आइतबारदेखि आफ्नो प्रिन्ट संस्करण बन्द गर्ने घोषणा गरेको छ । मूल कम्पनी जी समूहमा देखिएको आर्थिक संकटबीच डीएनएले यो कदम उठाएको हो ।
डीएनको प्रकाशन १४ वर्षअघि सन् २००५ मा भएको थियो । बिहान आउने यस पत्रिकाको प्रकाशन पुणे, मुम्बई, बैङ्लुरु, अहमदाबद, दिल्ली र इन्दौरबाट हुन्थ्यो । गत फेब्रुअरीबाट दिल्लीमा यसको प्रकाशन बन्द भएको थियो भने अन्य केन्द्रमा पनि यसको प्रकाशन पहिले नै बन्द भइसकेको छ ।
जी समूहका सुभाष चन्द्रको अगुवाइमा रहेको एस्सल ग्रुपको स्वामित्वमा रहेको ब्राडसिट पत्रिकाले मुम्बई र अहमदाबादबाट डीएनएको अन्तिम संस्करण आइतबार आउनेछ ।
बुधबारको पत्रिकामा दिइएको यो सूचनापछि कर्मचारीहरुलाई पनि यसबारे आधिकारिकरुपमा जानकारी गरिएको पत्रिकाले जनाएको छ । त्यस्तै पत्रिकाले ग्राहकहरुलाई आफ्नो रिफन्ड फिर्ता लग्न पनि आग्रह गरेको छ ।
डीएनएले अब डिजिटल संस्करणलाई ध्यान दिन बताएको छ । पत्रिकाले यसको कारण पाठकहरुको पढ्ने प्राथमिकतामा आएको बदलाव रहेको बताएको छ । प्रिन्ट संस्करण बन्द भएपछि यसमा कार्यरत पत्रकार र कर्मचारीको भविष्य अन्यौलमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन
-
सहकारी छानबिन प्रकरण : कानुन मन्त्रालयमा कार्यदलको बैठक बस्दै
-
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
तीन वायुको प्रभाव नेपालमा, यी प्रदेशमा हुनेछ वर्षा
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक