‘घुम्न जाउँ तुलसीपुर अभियान’ सुरु
तुलसीपुर – भ्रमण वर्ष २०२० लाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले घुम्न जाउँ तुलसीपुर अभियानको सुरुवात गरेको छ । तुलसीपुरलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न उपमहानगरपालिकाले अभियान सुरुवात गरेको नगरप्रमुख घनश्याम पाण्डेले वताए । उनले साँस्कृतिक , प्राकृतिक र ऐतिहासिक नगरका रुपमा तुलसीपुरलाई स्थापित गर्नका लागि विभिन्न योजना निर्माण गरिएको पनि बताए ।
तुलसीपुर थारुहरुका राजा दंगिशरण थारुदेखि छल्ल राजाहरुले राज्य गरेको ठाउँ मानिन्छ । धार्मिक मान्यता अनुसार सतिदेवीको अंग पतन भएको मालिका कालिका मन्दिरसँगै ववई सभ्यतासँग जोडिएको बबई नदी समेत दाङमा रहेको छ ।
पूर्वीय दर्शनको अध्ययन केन्द्रका रुपमा नेपाल संस्कृत विश्वविद्यालयका साथै एसियाकै दोस्रो ठूलो गुफाका रुपमा तिन तलाको चमेरे गुफा समेत दाङमा छ । उपमहानगरपालिकाले भ्रमण वर्षलाई लक्षित गरेर पम्प्लेट, पोस्टर र व्रोसर प्रकाशन,तुलसीपुरका पर्यटकीय क्षेत्रसँग सम्वन्धित विषयमा भिडियो तथा फोटो प्रतियोगिताका साथै तुलसीपुरलाई आधार वनाएर सिनेमा या वृत्तचित्र छायाङ्कन गर्नेलाई अनुदान दिने समेत व्यवस्था गरेको छ ।
‘पर्यटनको गतिविधिलाई प्रभावकारी वनाउनका लागि समिति समेत वनाएर अगाडि वढ्नेछौ’ नगरप्रमुख पाण्डेले भने । उपमहानगरपालिका भित्र थारु, मगर र गुरुङ जातिको वाहुल्यता रहेको ठाउँमा होमस्टे सञ्चालनका लागि तयारी समेत उपमहानगरपालिकाले गरिरहेको छ ।
‘यो वर्ष पाँच ठाउँमा होमस्टे सञ्चालन गर्ने हाम्रो लक्ष्य रहेको छ’, नगरप्रमुख पाण्डेले भने । उनले भ्रमण वर्षलाई लक्षित गरेर १ लाख आन्तरिक र वाह्य पर्यटक भित्रयाउँने लक्ष्य लिइएको समेत जानकारी दिए ।
यसैविच घुम्न जाउँ तुलसीपुर अभियानको प्रचार प्रसारका लागि तुलसीपुरका दुई युवाले देशभर मोटरसाईकल यात्रा गर्ने भएका छन् ।
स्थानीय वसन्त भण्डारी र मनराज पुन भ्रमण वर्षको सन्देश वोकेर मुलुकभरका ५५ जिल्लामा जाने भएका हुन् । शुक्रवारबाट यात्रा सुरु गरेका उनीहरुलाई उपमहानगरपालिकाले विदाई गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यमनमा हैजाको प्रकोप बढ्दै गएको राष्ट्रसङ्घको चेतावनी
-
यस्ता छन् औद्योगिक क्षेत्रमा सरकारको योजना
-
नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने
-
आगामी आर्थिक वर्षभित्र 'कन्ट्री रेटिङ' सम्पन्न गरिने
-
सन्दीप लामिछानेको मुद्दा : बहसमा समय निर्धारण, आजै फैसला सुनाउने तयारी
-
हिमाली क्षेत्रमा कृषिलाई प्रोत्साहन गर्न ‘हिमाल समृद्धि कार्यक्रम’