यमनमा हैजाको प्रकोप बढ्दै गएको राष्ट्रसङ्घको चेतावनी
संयुक्त राष्ट्रसङ्घले सोमबार युद्धग्रस्त यमनमा हैजाका कारण बिग्रँदै गएको प्रकोपको बारेमा चिन्ता व्यक्त गरेको छ । यसमा मुख्यरूपमा हुथी विद्रोहीद्वारा नियन्त्रित क्षेत्रमा अक्टोबरयता ४० हजारभन्दा बढी संदिग्ध मामिला देखिएका छन् ।
“हामी द्रुतरूपमा बिग्रँदै गएको हैजाको प्रकोपका बारेमा गहिरो चिन्तित छौँ । अहिलेसम्म ४० हजार संदिग्ध मामिला र एक सय ६० भन्दा बढीको मृत्यु भएको रिपोर्ट गरिएको छ । गत महिना हाम्रो अद्यावधिकपछि तीव्र वृद्धि भएको छ”, राष्ट्रसङ्घीय मानवीय प्रमुख मार्टिन ग्रिफिथ्सले सुरक्षा परिषदलाई भने, “अधिकांश हुथी नियन्त्रित क्षेत्रमा हरेक दिन सयौँ नयाँ मामिला देखिएका छन् ।”
ती क्षेत्रहरूमा अक्टोबरदेखि ३४ हजार संदिग्ध मामिला रिपोर्ट गरिएका छन् । यसको तुलनामा सरकार नियन्त्रित क्षेत्रमा छ हजार संदिग्ध घटनाहरू रिपोर्ट गरिएका छन् ।
“भारी वर्षा र बाढीले परिस्थितिलाई अझ नराम्रो बनाउने आशङ्का गरिएको छ, विश्व निकाय र यसका साझेदारहरूले यसको प्रसार रोक्न तत्काल कदम चालिरहेका छन्”, ग्रिफिथ्सले कूटनीतिज्ञहरूलाई चेतावनी दिँदै भने, “हामीले परिस्थितिलाई नियन्त्रण बाहिर जानबाट रोक्न योजनालाई द्रुत कोषको आवश्यकता हुनेछ ।”
सन् २०२४ को लागि यमनको लागि राष्ट्रसङ्घीय मानवीय प्रतिक्रिया योजनाको लागत दुई अर्ब ७० करोड डलर अनुमान गरिएको छ । अहिलेसम्म १६ प्रतिशत मात्र वित्त पोषित भएको छ ।
“निष्क्रियताको परिणाम निश्चितरूपमा परिचित छ, हामीले के भुल्नु हुँदैन भने सन् २०१६ र सन् २०२१ को बीचमा यमनमा अधिकांश बालबालिकासहित लगभग चार हजार मानिसले हैजाका कारण ज्यान गुमाउनुपरेको छ”, ग्रिफिथ्सले भने ।
सन् २०१४ मा इरान समर्थित हुथीहरूले राजधानी सानामाथि कब्जा जमाएपछि यमन द्वन्द्वको चपेटामा परेको छ । यसबाट अर्को वर्ष सरकारको समर्थनमा साउदी नेतृत्वको सैन्य हस्तक्षेप सुरु भएको थियो । राष्ट्रसङ्घका अनुसार लडाइँमा वा खाद्यान्न अभाव जस्ता अप्रत्यक्ष कारणले लाखौँको मृत्यु भएको छ । रासस/एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण