नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने
मङ्गलबार, ०१ जेठ २०८१, १६ : १२
काठमाडौँ । सरकारले पर्यटन वस्तुको विकास, बजारीकरण र सहज पहुँचको विस्तार गरी नेपाललाई प्रमुख र आकर्षक पर्यटन गन्तव्यको रूपमा विकास गर्ने जनाएको छ ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम वाचन गर्दै यस्तो जानकारी गराएका हुन् ।
राष्ट्रिय पर्यटकीय गन्तव्यहरूको प्रोफाइल तयारी गरी पर्यटकीय गन्तव्यहरूको विकास विस्तार सुधार गरिने राष्ट्रपति पौडेलले बताए ।
पर्यटकीय गन्तव्यको सम्भावना भएका क्षेत्रहरूको पहिचान गरी रोजगारी र अवसर सिर्जना हुनेगरी तीन वटै तहको सरकार र निजी क्षेत्रको समेत सहभागितामा टाकुरा पर्यटकीय गन्तव्यको विकास गरिने समेत पौडेलले बताए ।
ग्रेट हिमालयन ट्रेल लगायतका पर्यटकीय पदमार्ग तथा पूर्वाधारहरूलाई विकास एवम् सुधार गरिने सरकारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण