पूजा र सौगातको ‘पोई पर्यो काले’ कात्तिकमा
काठमाडौं – कात्तिक ८ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘पोई पर्यो काले’ । दीपक मनाङ्गेले निर्माण गरेको यो फिल्म कमेडी, सस्पेन्स र प्रेमकथाले भरिएको निर्माण युनिटले दाबी गरेको छ ।
दसैँको अवसर पारेर निर्माण युनिटले केही दिन पहिले ट्रेलर समेत रिलिज गरेको थियो । ट्रेलरमा पनि कमेडी, सस्पेन्स र प्रेकथाका दृश्यले प्रथामिकता पाएका छन् । कालो वर्णको केटा मन नपराउने एक युवतीको जीवनमा आइपर्ने घटनाक्रमलाई समेत ट्रेलरले देखाउने प्रयास गरेको छ ।
‘पोई पर्यो काले’मा शिशिर राणाको कथा तथा निर्देशन छ । एक महत्त्वकांक्षी युवतीको श्रीमान् काले परेपछि उनको जीवनमा आइपर्ने उतारचढाप फिल्मले देखाउन खोजेको निर्देशक राणाले बताए । उनले ‘पोई पर्यो काले’ जस्तो कथामा यस अगाडि फिल्म नबनेको उनले दाबी गरे ।
सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ लगायत कलाकारको मुख्य भूमिका रहेको फिल्म रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो ।
किरण नेपालीले प्रस्तुत गरेको फिल्ममा निर्माताको रुपमा सरोज नेपाली र दिपक मनाङ्गे रहेका छन् भने अमलादेवी राई यसकी कार्यकारी निर्माता हुन् । लालबहादुर क्षेत्री र अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, तारा थापाको सम्पादन, शिव ढकालको छायाँकन फिल्ममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने