१४ वर्षको संघर्षपछि देव आनन्दका भतिजोले पाए पहिलो ब्रेक, दैनिक परिश्रमिक १८ हजार
बलिउडमा लगातार भाइ–भतिजावाद फैलाएको आरोप लागिरहन्छ । स्टार किडले कति सजिलै काम पाउँछन् भनेर मानिसहरुले प्रश्न उठाइरहन्छन् । तर वास्तवमा पूर्ण रुपमा यस्तो छैन । आफ्नो जमानाका चर्चित निर्देशक विजय आनन्दका छोरा र दिवंगत सुपरस्टार देव आनन्दका भतिजा वैभव आनन्दले १४ वर्ष संघर्ष गरेपछि पहिलो ब्रेक पाएका छन् ।
उनी एकता कपुरको वेब शो ‘द भर्डिक्टः नानावटी भर्सेस स्टेट’ मा देखिँदैछन् जसको स्ट्रिमिङ सेप्टेम्बर ३० मा अल्ट बालाजीमा सुरु भइसकेको छ । यो वेब शोका लागि वैभवले पारिश्रमिकको रुपमा प्रतिदिन १८ हजार भारु पाए ।
सय बढी फिल्मका लागि अडिसन दिएः
१४ वर्षसम्म वैभवले सय बढी फिल्मका लागि अडिसन दिए । रवि चोपडा र सुरज बडजात्याका लागि असिस्टेन्ट डायरेक्टरको रुपमा पनि काम गरे । केही थ्रिलर फिल्मका कहानी पनि लेखे जसलाई उनी निर्देशन गर्न चाहन्थे । तर फाइनेन्सर्सले उनलाई विश्वास गरेनन् । यद्यपि, राम्रो कुरा के हो भने वर्षौंसम्म रिजेक्सन झेलेका वैभवले आफूभित्र कुनै पनि नकारात्मक धारणा विकास हुन नदिएको भारतीय मिडियासँगको कुराकानीमा बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण