सांसद साहलाई तत्काल रिहा गर्न राजपा नेपालको माग
काठमाडौं-राष्टिय जनता पार्टी नेपालले आफ्नो पार्टीका सांसद प्रमोदकुमार साह पक्राउ गरिएको घटनाप्रति घोर आपत्ति जनाएको छ । पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाठुरले आज एक विज्ञप्ति जारी गरी सो सांसद साह पक्राउ गरिएको घटनाप्रति घोर भत्र्सना गर्दै उनको तत्काल रिहाईको माग गरेका छन् ।
विज्ञप्तिमा सांसद साहको तत्काल रिहाई गरी सम्बन्धित एयरलाइन्सको सेवा प्रभावकारी,भरपर्दो र नियमित बनाउन समेत माग गरिएको छ । बुद्ध एयरको काउण्टरमा सोधपुछ गर्न जाँदा सामान्य रुपमा आक्रोशित भएको घटनालाई अतिरञ्जित बनाइएको समेत विज्ञप्तिमा दाबी गरिएको छ ।
सांसद साहले सोमबार काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाज ढिला आएको भन्दै काउन्टर तोडफोड गरेका थिए । सोही आरोपमा मंगलबार उनलाई त्रिभुवन अन्तर्राष्टि विमानस्थल परिसरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएको सांसद साहलाई जिल्ला अदालत धनुषामा उपस्थित गराउन जनकपुर लगिएको छ । साह सर्लाही क्षेत्र नम्बर १ बाट राजपाको तर्फबाट निर्वाचित सांसद हुन् ।
त्यस्तै सांसद साहको रिहाईको माग गर्दै राष्टिय जनता पार्टी नेपाल धनुषाले आन्दोलका कार्यक्रम समेत सार्वजनिक गरेको छ । आन्दोलनका कार्यक्रममा असोज २९ गते चक्काजाम लगायतका कार्यक्रमहरु रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण