डब्लुसिएल आजदेखि, उद्घाटनमा चितवन र काठमाडौं भिड्दै
बुधबार, २९ असोज २०७६, १० : ४१
वुमन्स च्याम्पियन्स लिग ‘डब्लुसिएल’ टी–२० क्रिकेट प्रतियोगिता आज (बुधबार) देखि काठमाडौंमा सुरु हुँदैछ । टियु मैदान कीर्तिपुरमा ११ः३० बजे सुरुहुने उद्घाटन खेलमा चितवन राइनोज र क्याट क्वीन्स काठमाडौं भिड्दै छन् ।
नेपालमा महिला क्रिकेटको फ्रेन्चाइज लिग हुन लागेको यो पहिलो पटक हो । कार्तिक ७ गतेसम्म चल्ने प्रतियोगितामा पाँच शहरका पाँचै टोलीले प्रतिस्पर्धा गर्दैछन् । सहभागी टोलीमा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौं, चितवन राइनोज र बिराटनगर टाइन्टस रहेका छन् ।
राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली सिधैं फाइनलमा प्रवेश गर्नेछ । दोस्रो र तेस्रो स्थानको टोलीले फाइनल प्रवेशको लागि क्वालिफायर खेल खेल्नेछन् । प्रतियोगिताको विजेताले सात लाख र उपविजेता टोलीले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल
-
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन
-
सूचना टाँसेर प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित
-
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
-
नार्कमा ४६ प्रतिशत जनशक्ति अभाव, गुणस्तरीय अनुसन्धान प्रभावित
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ