मेक्सिकोमा सुरक्षाकर्मीमाथि भएको हमलामा पन्ध्रको मृत्यु
दक्षिणी मेक्सिकोको एक नगरमा मङ्गलबार मेक्सिको सेना र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको छ ।
मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा सो हमला भएको थियो । त्यहाँ दुवै पक्षबीच गोली हानाहान भएको र त्यसमा परी १५ जनाको ज्यान गएको सुरक्षा अधिकृतहरुले जनाएका छन् ।
मङ्गलबार अपरान्ह ५ बजे सो घटना भएको बताइएको छ । उक्त गोली काण्ड भएपछि यहाँको प्रहरीलाई आकस्मिक फोन आएको प्रहरी अधिकारीले जनाएका छन् ।
उक्त गुरेरो राज्यको सुरक्षा निकायका प्रवक्ता रोबेटो अलभेरेज हरेदियाले सो कुराको जानकारी दिएका छन् ।
तर यहाँका सुरक्षा अधिकारीले मारिने १५ जनामा सुरक्षाकर्मी र हतियारधारी को हुन् भन्ने बारेमा भने केही खुलाएका छैनन् ।
उनले उक्त राज्यमा सुरक्षागस्तीमा खटेका सुरक्षाकर्मीहरुमाथि सशस्त्र समूहका सदस्यहरुले गोली आक्रमण गरेका थिए ।
उक्त राज्यको पश्चिमी नगर आउगनियामा केही दिन मात्र अघि भएको हमलामा कम्तीमा पनि १३ जना प्रहरी अधिकृतको हत्या गरेको केही दिनपछि मङ्गलबार अपरान्ह फेरि यो अर्को घटना भएको बताइएको छ ।
गुरेरो मेक्सिकोमा हिंसात्मक घटनाहरु हुनेमध्येको सबैभन्दा जोखिममा रहेको राज्य हो । यहाँ कम्तीमा पनि २० ओटा सशस्त्र समूहहरुले यस्तो हिंसात्मक हमला गर्ने गरेका बताइन्छ ।
उक्त राज्यमा लागूऔषधका कारोबारीहरु अरु राज्यको तुलनामा बढी नै रहेका पनि सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् ।
सोही कारण उक्त राज्यमा सुरक्षाकर्मीहरुमाथि हमला हुने यस्ता हिंसात्मक घटनाहरु प्रायः हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्त हलिया, कमैया, कमलरी, हरवा चरवाको न्यायोचित पुनर्स्थापना गर्न नसकिएको गुनासो
-
हिरोको लागि ब्राण्ड एम्बेस्डरमा सुशान्त, सुरक्षा र दयाहाङ नियुक्त
-
एक्सप्रेस–टी ट्याक्सी खरिद गर्ने चालकहरूको पठाओमा निःशुल्क रजिस्ट्रेसन
-
समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री प्रचण्ड
-
सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन : शेखर कोइराला
-
सहकारी ठगी प्रकरण : आक्रामक बन्दै कांग्रेस, द्वन्द्व बढाउँदै सरकार