सांसद साह रिहा भएपछि देखिएका १० तस्बिर
शुक्रबार, ०१ कात्तिक २०७६, १५ : ३४
धनुषा– जनकपुर विमानस्थलमा भएको तोडफोड घटनामा पक्राउ परेका सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् । जिल्ला अदालत धनुषामा भएको थुनछेक बहसपछि साहलाई साधारण तारेखमा रिहा गरिएको हो ।
अभियोग माग दावी अनुसार नभएको कारणले सांसद साहलाई साधारण तारेख छाडिएको ईजलाश नम्बर–३ का न्यायाधीश तेजनारायण पौडेलले जानकारी दिए । साह रिहा भएपछि भोलिको धनुषा जिल्ला बन्दको कार्यक्रमसमेत राजपा नेपाल धनुषाले फिर्ता लिएको छ ।

जनकपुर नागरिक उड्डयन कार्यालय धनुषाको प्रमुख सन्तोष ढकालको दिएको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी सर्लाही निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्य प्रमोद साह रहेको मुद्दाको शुक्रबार थुनछेक बहस भएको थियो ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण