दलहरुलाई उम्मेदवार छान्नै सकस, आयोगले सार्वजनिक गर्यो उम्मेदवार मनोनयनपत्र
काठमाडौं । आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने दिन आउन दुई सातामात्र बाँकी छ । प्रमुख राजनीतिक दलले अझै उम्मेदवार चयन गर्न सकेका छैनन् ।
निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको एक र प्रदेशसभाको तीन रिक्त स्थानमा उम्मेदवार मनोनयनपत्र कात्तिक २१ गते बिहान १० देखि दिउँसो १ बजेसम्म दर्ता हुनेछ ।
अहिलेसम्म रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले कास्की–२ प्रतिनिधिसभा सिटका लागि हुने निर्वाचनमा उम्मेदवार चयन गर्नुबाहेक अन्य प्रमुख दलले अझै उम्मेदवार चयन गर्न सकेका छैनन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतले उम्मेदवार चयन गर्न बाँकी नै छ । प्रमुख राजनीतिक दलले उम्मेदवार चयन गर्न बाँकी रहेका कारण उपनिर्वाचनको रौनक त्यति नदेखिए पनि निर्वाचन आयोगले भने उपनिर्वाचनको तयारीलाई तीव्रता दिएको छ ।
यसैबीच निर्वाचन आयोगले उपनिर्वाचनको तयारीलाई तीव्रता दिँदै उम्मेदवार मनोनयनपत्रको नमूना सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि हुने उपनिर्वाचनका लागि राजनीतिक दलले उम्मेदवार मनोनयन गर्ने औपचारिक पत्रको ढाँचा बिहीबार आयोगले सार्वजनिक गरेको हो ।
उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फ कास्की–२, प्रदेशसभातर्फ भक्तपुर–१ (क), बाग्लुङ–२(ख) र दाङ–३(ख)मा उपनिर्वाचन हुँदैछ ।
स्थानीय तहतर्फ रिक्त सिटमा पनि मंसिर १४ मै उपनिर्वाचन हुने भए पनि उम्मेदवारी दर्तालगायतका निर्वाचन कार्यतालिका भने फरक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण