बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘च च हुई’ को ट्रेलर: मिरुनाको पछि लागे आर्यन

आइतबार, १० कात्तिक २०७६, १४ : ०९
आइतबार, १० कात्तिक २०७६

 काठमाडौं– आगामी मंसिर ६ गते रिलिज मिति तोकिएको फिल्म ‘च च हुई’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले तिहारको अवसर पारेर सार्वजनिक गरिएको ट्रेलर कमेडीले भरिएको छ । 

हङकङ रिटन्र्स दुई युवाको जीवनमा एउटा किताबले ल्याउने उतार–चढावको बिषयमा निर्माण भएको फिल्म साम्तेन भुटियाले निर्देशन गरेका हुन् ।  आर्यन सिग्देल, भोलाराज सापकोटा र मिरुना मगरको दृश्यले सार्वजनिक ट्रेलरमा प्रथामिकता पाएको छ । ट्रेलर हेर्दा फिल्म पूर्णतय कमेडी कथावस्तुमा निर्माण भएको अनुमान गर्न सकिन्छ । ट्रेलरमा अभिनेता आर्यन मिरुनाको पछि लागेको समेत देख्न सकिन्छ ।

आर्यन, भोलाराज र मिरुनाको अलवा फिल्ममा माओत्से गुरुङ, पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतका कलाकारको अभिनय छ ।  एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता अमृत घोले लामा हुन् । व्यवसायी घोले यही फिल्म मार्फत् निर्माणमा होमिएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप