भूकम्प पीडितलाई सहुलियत ब्याजमा ऋण उपलव्ध गराउने सरकारको तयारी
काठमाडौं-राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प लाभग्राहीलाई तीन प्रतिशत सहुलियतमा ऋण पाउने व्यवस्थाको सुनिश्चित गर्ने बताएका छन् ।
भूकम्प लाभग्राहीको समस्या र उनीहरुले निर्माण गरेको निजी आवासको अवस्था कस्तो छ भन्ने विषयमा आज काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेतमा अर्थ मन्त्रालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, विश्व बैंकलगायतका संस्थाका प्रतिनिधिको उपस्थितिमा भएको अन्तक्र्रियामा उनले सहुलियत ऋणका विषयमा सरकार र बैंकसँग सहमति भइसकेको बताए ।
उनले भने, “विगतमा दूई प्रतिशत ऋण लिन पाउने व्यवस्थाको कुरा गरे पनि त्यो पूरा हुन सकेन । मैले कार्य जिम्मेवारी सम्हालेपछि तत्कालै सरकारसँग कुरा गरेर गरेको निर्णयअनुसार राष्ट्रिय वाणिज्य बैंकले न्यूनतम ६ प्रतिशतसम्म ऋण दिन सकिने व्यवस्था भएको र त्यसमा दूई प्रतिशत थप गर्दा ८ प्रतिशत हुने र त्यसमा पाँच प्रतिशत सरकारले तिरीदिने गरी छलफल भइसकेको छ ।”
उनले बैंकमा तिर्नुपर्ने पाँच प्रतिशत ब्याजदर रकम तिरिदिने विषयमा सहमति भइसकेको हुनाले ऋण लिनेको विवरण सङ्कलन गरी जिल्लामा छलफल गरी त्यसको टुङ्गो लगाउन सबै लाग्न आग्रह गरे । “जुन कुरा दिने भनेर प्रतिबद्धता जनाएको छ, त्यो काम पूरा गर्न प्राधिकरण प्रतिबद्ध छ”, उनले भने “भविश्यमा पनि प्राधिकरण लाभग्राहीको बीचमा र नगरपालिकासँग बसेर काम गर्न चाहन्छ ।”
धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले सबैको सहयोगमा भूकम्प पुनःनिर्माणको काममा अगाडि बढ्न सकेको बताए । सो क्रममा उनले ४५ प्रतिशत पुनःनिर्माणको काम सम्पन्न भएकामा खुशी व्यक्त गर्दै भूकम्पका बेलामा सडक, खानेपानी, अस्थायी आवास नभएको अवस्थामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र नेपाल सरकारबाट सहयोग पाएर समुदायमा केही व्यवस्थापन गर्न सकेको बताए ।
अन्तक्र्रियामा विश्व बैंकका देशीय निर्देशक फारिस एज हदले नेपाल आएर मात्रै नभई पुनःनिर्माणको काममा साझेदारी गरेर सहयोग गरेकामा खुशी व्यक्त गरे ।
वडा नं ११ का वडा अध्यक्ष विष्णु धितालले वडामा एक हजार हजार १७ लाभग्राही रहेकामा ४६२ घरपरिवारले घर निर्माण गरिसकेको र ६६२ घरपरिवारले दोस्रो किस्ता लिइसकेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा प्रधानमन्त्रीले खोजे बालेन शाह
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा
-
दुध किसानलाई डीडीसीले मात्रै ८५ करोड तिर्न बाँकी, निजी डेरीको बक्यौताको छैन तथ्याङ्क
-
गणतन्त्र दिवस मूल समारोह समिति गठन
-
संसद्मा मन्त्री अधिकारीले भने- दुध, कुखुराको मासु र अण्डामा मात्र नेपाल आत्मनिर्भर
-
विश्वप्रसिद्ध फिल्म फेस्टिभल कान्समा पुगे प्रदीप