बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

व्यवसायी शंकर अग्रवाल पक्राउ

बुधबार, ०६ साउन २०८३, १६ : ५९
बुधबार, ०६ साउन २०८३

सारांश

  • प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार व्यवसायी शंकर लाल अग्रवाललाई डिल्लीबजारबाट पक्राउ गरेको छ ।
  • शंकर ग्रुपका अध्यक्ष अग्रवाल कर्जा दुरुपयोग सम्बन्धी विचाराधीन मुद्दामा फरार थिए ।
  • उनलाई प्रहरीले उच्च अदालत पाटनमा उपस्थित गराउने तयारी गरेको छ ।

काठमाडौँ । व्यवसायी शंकर लाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । अग्रवाललाई बुधबार डिल्लीबजारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी अनुपम शमशेर जबराले रातोपाटीलाई बताए ।

 एसपी जबराका अनुसार अग्रवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार थिए । अग्रवाल व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन् ।

सीआईबीले अनुसन्धान गरेको कर्जा दुरुपयोग सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ । सीआईबीले उनलाई उच्च अदालतमा उपस्थित गराउने भएको छ ।

यसअघि उनी २०८२ चैतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेर छुटेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप