बारामा चार वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास
बिहीबार, १४ कात्तिक २०७६, १६ : ३२
काठमाडौँ । बुधबार बारामा ५० वर्षीय एक व्यक्तिले चार वर्षीया नाबालिकामाथि जबरजस्ती करणीको प्रयास गरेका छन् ।
बाराको आदर्श कोतवाल गाँउपालिका–४ का शेख इसराईलले स्थानीय नाबालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ ।
शेख इसराईल काठको घर बनाउने मिस्त्री हुन् । बालिकाको परिवार बाहिर गएको मौका छोपेर इसराईलले नाबालिकालाई करणीको प्रयास गरेका हुन् ।
करणीको प्रयास गर्दा नाबिलका रोएपछि आरोपी इसराईल फरार भएका छन् । घटनाका फरार आरोपी इसराईलको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।
कोतवाल गाउँपालिकाका प्रमुख मुस्ताफ अन्सारी मुस्लिम समुदायका हुन् । फरार आरोपी इसराईल र गाउँपालिका प्रमुख आफन्त समेत रहेको खुल्न आएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण